काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा मङ्सिर १५ गतेदेखि सुरु हुने सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा ‘प्लेयर अफ दी सिरिज’ घोषित हुने नेपाली खेलाडीलाई शारडा समूहले ओमोडा–ई ५ कार प्रदान गर्ने भएको छ ।
‘प्लेयर अफ द सिरिज’ घोषित हुने नेपाली खेलाडीलाई यो ब्रान्ड न्यू कार प्रदान गरिने एसपीजी अटोमोबाइल्सका निर्देशक गौरव शारडाले पुष्टि गरेका छन् । यसअघि पुरस्कारको रूपमा दिइने कारको नाम खुलाइएको थिएन ।
नेपालमा यसको बजार मूल्य ६१ लाख ९९ हजार रूपैयाँ रहेको छ । एनपीएलको व्यावसायिक अधिकार व्यवस्थापन गरिरहेको ब्रान्ड डिजिटल लजिक प्रा.लि. र क्यानको सहकार्यमा शारडा समूहसँग सम्झौता भएको हो ।
मङ्सिर १५ देखि पुष ६ सम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा हुने सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा शारडा ग्रुप अन्तर्गतको एसपीजी अटोमोबाइल्सको ‘ओमोडा एन्ड जेईको’ ‘ड्रिभन बाई’ सह प्रायोजकको रूपमा साझेदार रहेको छ ।
Comments are closed.