नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुमा २२ करोड ६६ लाख लगानी गर्दै

काठमाडौं ।  नेपाली अर्थतन्त्रमा आर्थिक तरलता सृजना भइरहेको अवस्थामा नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुमा २२ करोड ६६ लाख रुपैयाँ लगानी गर्ने भएको छ ।

बैंकले बैंकको उपदान तथा पेन्सन कोषमा रहेको २२ करोड ६६ लाख रुपैयाँ रकम मुद्दति निक्षेपका रुपमा बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको हो ।

जसअन्तर्गत वाणिज्य बैंकहरुमा १८ करोड १४ लाख रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकहरुमा ३ करोड ३९ लाख रुपैयाँ र फाइनान्समा १ करोड १३ लाख रुपैयाँ मुद्दति निक्षेपका रुपमा राख्ने राष्ट्र बैंकले जनाएको छ ।

यस्तो लगानी आउँदो मंसिर २ गतेदेखि २०८० मंसिर २ गतेसम्म ३६५ दिनका लागि हुने राष्ट्र बैंकले जनाएको छ ।राष्ट्र बैंकले मुद्दति निक्षेपका रुपमा राख्न चाहने रकम खोली राष्ट्र बैंकमा ब्याजदर प्रस्ताव पेस गर्न आह्वान समेत गरेको छ । यसका लागि कात्तिक २१ गते राती १२ बजेसम्म बैंक तथा वित्तीय संस्थाले प्रस्ताव पेस गर्नुपर्नेछ ।

 

You might also like

Comments are closed.