काठमाडौं । नेपाल राष्ट्र बैंकले अनलाइन बैंकिङमार्फत हुने जुवा तथा बाजीजन्य कार्यमा संलग्न नहनु सबैलाई सचेत गराएको छ ।
मंगलबार सार्वजनिक सूचना जारी गर्दै राष्ट्र बैंकले अनलाईन बैंकिङ, मोबाईल बैंकिङ, डिजिटल वालेट जस्ता विद्युतीय भुक्तानीका माध्यमबाट अनलाईन जुवा तथा बाजी लगायतका गैरकाकानुनी कार्यमा संलग्न नहुन सचेत गराएको छ ।
विद्युतीय भुक्तानी कारोबार मार्फत जुवा तथा बाजीजन्य लगायतका कार्यमा कोही संलग्न भएको पाइएमा सम्बन्धित, व्यक्ति, समुह, तथा संस्थालाई कानुनी कारवाही हुने तथा निजहरुको बैंक खाता, मोवाईल वालेटलगायतबाट हुने कारोबार रोक्क गरिने जानकारी दिएको छ ।
सोही सूचनामार्फत राष्ट्र बैंकले अनुमती पत्र प्राप्त संस्थाहरुले जुवा तथा बाजीजन्य कार्यहरुको भुक्तानी बैंक खाता, मोबाईल बैंकिङ, मोवाईल वालेट लगायतका माध्यमबाट हुन नदिने व्यवस्था मिलाउन पनि निर्देशन दिएको छ ।








Comments are closed.