राष्ट्र बैंकले बैकिङ प्रणालीमा १० करोड ४८ लाख संस्थागत निक्षेप राख्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा १० करोड ४८ लाख रुपैयाँ संस्थागत निक्षेप राख्ने भएको छ। राष्ट्र बैंकका अनुसार विभिन्न कोषमा रहेको रकम तीन सय ६५ दिने मुद्धती निक्षेपको रुपमा २०७९ फागुन दुई गतेदेखि २०८० फागुन एक गतेसम्मका लागि राख्न लागिएको हो ।

यसरी मुद्धती निक्षेपको रुपमा राखिने कुल रकम मध्येमा वाणिज्य बैंकहरुका लागि आठ करोड ३९ लाख, विकास बैंकहरुका लागि एक करोड ५७ लाख र फाईनान्स कम्पनीहरुका लागि ५२ लाख रुपैयाँ छुट्याईएको छ।

राष्ट्र बैंकका अनुसार रकम लगानी गर्न चाहाने इच्छुक तथा फाईनान्स कम्पनीहरुले यही माघ १८ गतेसम्म नेपाल राष्ट्र बैंकमा आफूले लगानी गर्न चाहेको रकम र उक्त रकममा दिन चाहेको व्याजसमेत उल्लेख गरेर आवेदन दिनुपर्ने छ ।

रकम लगानीको लागि प्रस्ताव पेस गर्ने बैंक तथा फाईनान्स कम्पनीहरु सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा गरेको, तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको, निष्कृय कर्जा (एन.पी.ए) कुल कर्जा सापटको पाँच प्रतिशत भन्दा कम भएको खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तिमा बीस प्रतिशत वा सो भन्दा बढी रहेको हुनुपर्ने प्रावधानहरु तोकिएका छन् ।

You might also like

Comments are closed.