चालु आर्थिक वर्षमा २ खर्ब ३१ अर्ब ३० करोडको आन्तरिक ऋण उठ्यो

 

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षमा दुई खर्ब ३१ अर्ब ३० करोड ३० लाख रुपैयाँ बराबरको आन्तरिक ऋण उठाएको छ । बैंकले सरकारका लागि उक्त परिमाणमा ऋण उठाएको हो ।

राष्ट्र बैंकले अल्पकालीन तथा दीर्घकालीन प्रकृतिका ट्रेजरी बिल, विकास ऋणपत्र, नागरिक बचतपत्र, वैदेशिक रोजगार बचतपत्रलगायत मौद्रिक उपकरणहरू बिक्री गरेर उक्त परिमाणमा आन्तरिक ऋण उठाइएको हो ।

jutta mela

चालु आवको पहिलो त्रैमासमा कुनै पनि प्रकारको आन्तरिक ऋण नउठाएको राष्ट्र बैंकले दोस्रो त्रैमासमा ६ अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाएको थियो भने, तेस्रो त्रैमासमा ९९ अर्ब ४६ करोड ९३ लाख ४० हजार रुपैयाँबराबरको आन्तरिक ऋण उठाइएको छ ।

You might also like

Comments are closed.