एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलमेन्टले ५.२६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा

काठमाडौं ।  एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलमेन्ट लिमिटेडले ५.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

गत मंसिर १६ गते शुक्रबार बसेको कम्पनी सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई उक्त लाभांश वितरण प्रस्ताव गरेको हो ।

बैठकले आव २०७८/७९ को नाफाबाट हाल कायम चुक्ता पूँजीको रु. ६ करोड ४३ लाख ४० हजार ९ सय ३५ .४२ रुपैयाँ नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो।

jutta mela

सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश कम्पनीकोआगामी दशौं वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउने छन् । कम्पनीले प्रस्तावित लाभांश पारित गर्नको लागि आगामी २० पुसमा वार्षिक साधारणसभा आह्वान गरेको छ ।

साधारण सभा प्रयोजनका लागि पुस ५ गते बुक क्लोज गर्ने निर्णय समेत भएको कम्पनीले जनाएको छ ।

You might also like

Comments are closed.