नेपाल टेलिकमको ब्राण्ड एम्बेसडरमा ‘महजोडी’ नियुक्त

काठमाडौं । नेपाल टेलिकमको ब्राण्ड एम्बेसडरमा ‘महजोडी’ लाई नियुक्त गरिएको छ ।

हास्यव्यङ्ग्य तथा कलाकारिताको क्षेत्रमा महजोडीको रुपमा चिनिएका बरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई आगामी एक वर्षको लागि ‘ब्राण्ड एम्बेसडर’ मा नेपाल टेलिकमले नियुक्त गरेको छ ।

टेलिकम केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा सो सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) तथा कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

jutta mela

टेलिकमका प्रबन्ध निर्देशक पहाडी (अर्याल)ले नेपाली कला क्षेत्रका दुई नक्षत्रसँगको कम्पनीको आवद्धता महत्वपूर्ण रहेको र ब्राण्ड एम्बेसडर मार्फत कम्पनीका विभिन्न सेवाका बारेमा जनतालाई समयमै सुसूचित गर्ने कार्यमा सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।

ब्राण्ड एम्बेसडरद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले स्वदेशी लगानी भएको नेपाल टेलिकम जस्तो गरिमामय सरकारी निकायसँग आवद्ध हुन पाउँदा खुशी लागेको बताएका छन् ।

मुलुकको कलाकारिता तथा सञ्चारको क्षेत्रमा विशिष्ठ पहिचान बनाएका ब्राण्ड एम्बेसडरको संलग्नताबाट कम्पनीका ग्राहकले कम्पनीका विविध सेवा सम्बन्धमा सहज रुपले जानकारी प्राप्त गर्ने र कम्पनीले आफ्ना सेवाको प्रवर्द्धन गरी सशक्त रुपमा जनता समक्ष सेवा विस्तार गर्ने कार्यमा सहयोग मिल्ने अपेक्षा गरिएको छ .

यसैगरी सञ्चारकर्मी श्री पाण्डे र डा. सन्तोष उपाध्यायलाई कम्पनीले यसअघि नै ‘ब्राण्ड प्रमोटर’ नियुक्त गरिसकेको छ ।

 

You might also like

Comments are closed.