नेपाल टेलिकम सम्मानित

काठमाडौं । विपद जोखिम न्युनिकरणमा गरेको योगदानको कदरस्वरुप नेपाल टेलिकम सम्मानित भएको छ ।

जल तथा मौसम विज्ञान विभागले विभागबाट सम्प्रेषण गरिने पूर्वसूचना सन्देशहरु २०७३ देखि अनवरत रुपमा निःशुल्क मास एसएमएस सेवामार्फत सर्वसाधारणमा पु¥याइ विपद् जोखिम न्युनिकरणका लागि अतुलनीय योगदान पु¥याएकोमा टेलिकमको भूमिकाको उच्च कदर गर्दै कदर पत्र प्रदान गरिएको छ ।

काठमाडौंमा आयोजित नेसनल वर्कसप अन अर्ली वार्निङ सिस्टम कार्यक्रममा जलस्रोत तथा सिंचाई सचिव सुशीलचन्द्र तिवारीले टेलिकमलाई सो कदर पत्र प्रदान गरेका छन् ।

jutta mela

टेलिकमका हाल देशैभर रहेका दूरसञ्चार पूर्वाधारहरु जल तथा मौसम विज्ञान विभागको अर्ली वार्निङ सिस्टम अन्तर्गतको कम्युनिकेशन एण्ड डिसेमिसन प्रयोजनको लागि प्रयोग भइरहेका छन् । यस अनुसार विपद् जोखिम क्षेत्रमा सूचना सङ्कलन र सूचना प्रवाहका लागि यी पूर्वाधारहरु प्रयोग भएका छन् ।

सूचना सङ्कलन अन्तर्गत बाढी, पहिरो लगायतका विपद जोखिम क्षेत्रमा रहेका Weather Station हरुबाट जल तथा मौसम विज्ञान विभागको केन्द्रीय सर्भरमा मौसम सम्बन्धी सूचना सङ्कलनको लागि नेपाल टेलिकमका सिमकार्डमार्फत एमटुएम प्रविधिको प्रयोग गरी कनेक्टिभिटी उपलब्ध रहेको छ । टेलिकमले यसका लागि तीन सय एमबी डाटा सुविधा सहितको सिमकार्ड उपलब्ध गराएको छ ।

त्यसैगरी सम्बन्धित क्षेत्रमा रहेका नागरिकमा सम्भावित जोखिमबाट सतर्क गराउन ११ सय ५५ कोडबाट पूर्वसूचना प्रवाह गरिरहेको छ । यसका लागि नेपाल टेलिकमले सो क्षेत्रका मोबाइल सेवाका ग्राहकको नम्बर मौसम विज्ञान विभागलाई उपलब्ध गराउदै आएको छ भने सबै सेवा निःशुल्क रुपमा उपलब्ध गराइरहेको छ ।

विपदको पूर्वजानकारीले क्षति न्युुनिकरण गर्न सकिने, मानवीय क्षति हुन नदिन वा कम गर्न सकिने भएकाले कम्पनी र जल तथा मौसम विज्ञान विभागबीच सहकार्य गरिएको हो । यो सहकार्य २०७३ सालदेखि नै निरन्तर रहेको छ ।

 

 

You might also like

Comments are closed.