नेपाल टेलिकमको ब्राण्ड एम्बेसडरमा अभिनेत्री स्वस्तिमा खड्का

काठमाडौं । नेपाल टेलिकमको ब्राण्ड एम्बेसडरमा अभिनेत्री स्वस्तिमा खड्का नियुक्त गरिएको छ । टेलिकमको केन्द्रीय कार्यालयमा सोमवार एक कार्यक्रमका बीच सम्झौता गरी अभिनेत्री खड्कालाई ब्राण्ड एम्बेसडरमा नियुक्त गरिएको हो ।

सम्झौता पत्रमा टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) र कलाकार खड्काले हस्ताक्षर गरेका छन् । टेलिकमका प्रबन्ध निर्देशक पहाडीले नेपाली चलचित्र क्षेत्रको ख्याति प्राप्त कलाकारसँगको सहकार्यले कम्पनीका सेवाको प्रवद्र्धन एवम् बजारीकरण कार्यमा सहयोग पुग्ने विश्वास व्यक्त गर्दै कम्पनीसँग आवद्धता तथा सहकार्यका लागि अभिनेत्री खड्काप्रति आभार प्रकट गरिन् ।

कार्यक्रममा ब्रान्ड एम्बेसडर खड्काले नेपाल टेलिकम संस्थासँग आबद्ध हुन पाउँदा खुशी व्यक्त गरिन् । ब्रान्ड एम्बेसडरको रुपमा कम्पनीको हित अभिवृद्धि हुने गरी कार्य गर्ने उनले प्रतिबद्धता जनाइन् ।.सम्झौतापछि ब्रान्ड एम्बेसडरले नेपाल टेलिकमका सेवाको प्रचार–प्रसार, व्यापार प्रवद्र्धन तथा ब्राण्ड संरक्षण सम्बन्धि कार्यहरु गर्ने बताइएको छ । हाल एक वर्षको लागि सम्झौता सम्पन्न भएको र दुवै पक्षको आपसी सहमतिमा सम्झौताको अवधि थप गर्न सकिने व्यवस्था समेत सम्झौतापत्रमा उल्लेख छ ।

नेपालको कलाकारिता क्षेत्रमा सफल तथा लोकप्रिय अभिनेत्रीको पहिचान बनाउन सफल ब्रान्ड एम्बेसडरको संलग्नताबाट ग्राहकलाई कम्पनीका सेवा सुविधा सम्बन्धमा सहज रुपले जानकारी प्रदान गर्न सकिनेछ । साथै आफ्ना सेवाको प्रवद्र्धनमार्फत सशक्त रुपमा जनता समक्ष सेवा विस्तार गर्ने कार्यमा समेत सहयोग मिल्ने अपेक्षा गरिएको छ ।

You might also like

Comments are closed.