३ दिनका लागि नेपाल टेलिकमको निःशुल्क डाटा र भ्वाइस सुविधा

काठमाडौं । नेपाल टेलिकमले ३ दिन निःशुल्क भ्वाइस कल र इन्टरनेट सेवा दिने भएको छ ।

विदेशमा रहेका नेपाली वा देशभित्रै आफन्तजनसँग सम्पर्क गर्न सहज होस् भन्ने उद्देश्यले यो सुविधा प्रदान गरेको कम्पनीले जनाएको छ ।
कम्पनीले आफ्ना ग्राहकलाई म्यासेज पठाएर यस विषयमा जानकारीसमेत दिइसकेको छ ।

डाटा लिन ८१४१५८८८३३ डायल गरी भ्वाइस कलको सेवा लिन सकिने टेलिकमले जानकारी दिएको छ । यस्तै, डाटाको लागि ८१४१५८८८७३ डायल गरी सेवा लिन सकिनेछ ।

You might also like

Comments are closed.