नेपाल टेलिकमले ल्यायो इन्डिया भ्वाइस प्याक

काठमाडौं । नेपाल टेलिकमले ग्राहकहरुको सहजताका लागि भारतमा कल गर्न इन्डिया भ्वाइस प्याक उपलब्ध गराएको छ ।

भदौ १ गतेदेखि लागुु भएको यस प्याकेज अन्तर्गत उपलब्ध दैनिक, साप्ताहिक र मासिकमध्ये आफूलाई उपयुक्त अफर छनोट गरी सदुपयोग गर्न सकिन्छ । इन्डिया भ्वाइस प्याक अन्तर्गत रहेको  डेली अफर अन्तर्गत २४ घण्टा (एक दिन) मा १७ मिनेट कुराकानी गर्न सकिने प्याक जम्मा रु. ५९ मा उपलब्ध छ ।

त्यसैगरी, विक्ली अफर अन्तर्गत ७ (एक हप्ता) दिनसम्म ७५ मिनेट  कुराकानी गर्न सकिने प्याक जम्मा रु २५९ मा उपलब्ध छ । र मासिक अफर अन्तर्गत ३० दिन (एक महिना) सम्म २ सय २१ मिनेट कुराकानी गर्न सकिने प्याक रु. ७५९ मा उपलब्ध छ ।

jutta mela

एक्सेस कोडहरु ००, १४२४, १४२५ वा १४४५ प्रयोग गरी भारतमा उपलब्ध कुनै पनि मोबाइल तथा टेलिफोन नम्बरमा कल गर्न सकिन्छ । यो प्याकेज गरिद गर्नका लागि आफ्नो मोबाइलबाट ८ज्ञद्धज्ञछ३ डायल गरी ठ नम्बर छनौट पश्चात् खरिद प्रक्रिया अघि बढाउन सकिन्छ ।कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ । त्यसैगरी कम्पनीको वेबसाइट मार्फत यस सम्बन्धी विस्तृत जानकारी प्राप्त गर्न र सेवा खरिद गर्न सकिन्छ ।

You might also like

Comments are closed.