टेलिकमले मनायो १९ औं वार्षिकोत्सव

काठमाडौं । नेपाल टेलिकमले आफ्नो स्थापनाको १९ औं वार्षिकोत्सव मनाएको छ । कम्पनीको केन्द्रीय कार्यालयमा आज एक समारोहबीच वार्षिकोत्सव मनाइएको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव तथा कम्पनी सञ्चालक समितिका अध्यक्ष डा. बैकुण्ठ अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा प्रमुख अतिथि रहेकी थिइन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले दूरसञ्चार सेवा कुनै सेवा प्रदायकको आफ्नो व्यवसाय मात्र नभई सार्वजनिक सेवा प्रवाहको आधारभूत माध्यम भएको बताइन् । उनले भनिन्– ‘नेपाल सरकारले सूचना प्रविधिको प्रयोगमार्फत नागरिकलाई प्रदान गर्ने नागरिकताको प्रमाणपत्र, राहदानी, राष्ट्रिय परिचयपत्र, भूमी अभिलेख व्यवस्थापन, स्थानीय पञ्जिकाधिकारी सम्बन्धी सेवाहरु, करसँग सम्बन्धित कार्यहरुलगायत सेवाहरु उपलब्ध गराइरहेको छ । यी सेवाहरु निरन्तर सुलभ रुपमा नागरिकलाई उपलब्ध गराउन दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको छ ।’

सो अवसरमा शर्माले अधिकतम सरकारी स्वामित्व रहेको संस्था भएकाले सरकारको सोच र लक्ष्यलाई समेट्दै मुलुकका सुगमदेखि अति विकट स्थानहरुमा नाफारहित रुपमा भएपनि दूरसञ्चार र सूचना प्रविधिका सेवाहरु उपलब्ध गराउने जिम्मेवारी नेपाल टेलिकमको रहेको उल्लेख गरिन् । मन्त्री शर्माले विकट स्थानका जनताले तिरेको मूल्यबाट यस संस्थाको, कर्मचारीको र राज्यको आर्थिक आधार खडा भएकाले जनताले तिरेको मूल्यको सही सदुपयोग हुनेगरी सुलभ र गुणस्तरीय सेवा उपलब्ध गराउने दायित्व पूरा गर्न सचेत भएर लाग्न निर्देशन दिइन् ।

jutta mela

मन्त्री शर्माले न्यूनतम सञ्चालन खर्चमा अधिकतम उत्पादनशीलता हासिल गरी ग्राहकलाई गुणस्तरीय, सस्तो र सुलभ सेवा उपलब्ध गराई कर्मचारीका सेवासुविधाहरुलाई वृद्धि गर्दै लैजाने तथा राज्य र लगानीकर्ता सेयरधनीहरुलाई अधिकतम प्रतिफल दिनु कम्पनीको दायित्व रहेको पनि बताइन् ।

त्यस्तै, कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव तथा कम्पनी सञ्चालक समितिका अध्यक्ष डा. बैकुण्ठ अर्यालले सेवा बिक्री गर्ने संस्थाको लागि ग्राहक सन्तुष्टि सर्वोपरी हुनुपर्ने बताए । सेवाहरु निरन्तर उपलब्ध गराउन सकिएमा कम्पनीको राजश्वमा थप बढोत्तरी हुने अर्यालले बताए । ग्राहकका गुनासा तत्काल सम्बोधन हुनुपर्ने र यसको लागि संयन्त्र नै तयार गरी कम्पनी लाग्नुपर्ने पनि उनले उल्लेख गरे ।

सो कार्यक्रमका विशेष अतिथि नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले शुभकामना मन्तव्यकै क्रममा डिजिटल नेपाल निर्माणको आवधारणा कार्यान्वयनको लागि सूचना महामार्ग निर्माण गर्ने जिम्मेवारी समेत बोकेको नेपाल टेलिकमले यसतर्फ अझ गम्भीरतापूर्वक लाग्नुपर्ने बताए । उनले नेपाल टेलिकम पूर्वाधारमा अत्यन्त धनी भएको उल्लेख गर्दै राजश्व बढाउनका लागि यसको सदुपयोग हुनुपर्ने सुझाव पनि दिए ।

नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेलले कम्पनीको समग्र अवस्थाका बारेमा जानकारी गराउँदै नयाँ प्रविधिका रुपमा भ–क्क्ष्ः को देशव्यापी वितरण गरिरहेको तथा ख्यध्क्ष्ँक्ष् सेवा व्यावसायिक रुपमा सञ्चालनमा ल्याउने तयारीस्वरुप परीक्षण कार्य अन्तिम चरणमा रहेको बताए ।

उनले प्राविधिक र भौगोलिक कारणले सेवाको पहुँचमा आउन नसेकेका देशका कतिपय भूभागमा सेवाको पहुँच पु¥याउन, भ्यालु एडेड सेवाहरुको विस्तार र नयाँ भ्यालु एडेड सेवाहरुको शुरुवात पनि कम्पनीको प्राथमिकतामा रहेको उल्लेख गरे । नयाँ सेवाका रुपमा फाइभजीको परीक्षण जारी रहेको जानकारी पनि दिए ।

कम्पनीको १९औं वार्षिकोत्सवको अवसरमा ल्त् ब्ललष्खभचकबचथ इााभच उपलब्ध गराइएको छ । यस अन्तर्गत रु. २९४ मा १० दिनका लागि २० जीबी डाटा, रु.९८ मा ३ दिनका लागि ६ जीबी डाटा र रु.४९ मा १ दिनका लागि १ एमबिपिएस अनलिमिटेड डाटा र अन नेट १०० मिनेट कल सुविधा उपलब्ध गराइएको छ ।

यसैगरी रु. २०० देखि रु. ४९९ को रिचार्ज गर्दा २ जिबी बोनस डाटा, दैनिक १ जिबी प्रयोग गर्न सकिने तथा रु ५०० वा सो भन्दा माथिको रिचार्जमा दैनिक २ जिबीका दरले ४ दिनसम्म प्रयोग गर्न सकिने अफर उपलब्ध गराइएको छ । यी अफरहरु आगामी माघ २९ गतेसम्म उपलब्ध हुनेछ । नयाँ एफटीटीएच जडान गर्ने ग्राहकका लागि रु. १२ हजारमा २० एमबीपीएस डाटा, १ लाइन टेलिफोन र १ वटा एनटीटीभीसहितको प्याकेज उपलब्ध गराइनेछ । यो सेवा फागुन २९ गतेसम्मका लागि उपलब्ध गराइएको छ ।

You might also like

Comments are closed.