नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी संगठनको ११औ महाधिवेशन सम्पन्न

काठमाडौं ।  नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी संगठन (एनटिन -NTEAN) को ११औ महाधिवेशन सम्पन्न भएको छ ।प्रदेश-१ को राजधानी विराटनगरमा भदौं २२ -२४ गते अधिवेशन सम्पन्न भएको हो ।

नेपाल सरकारका पूर्व अर्थमन्त्री तथा नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष माननीय सुरेन्द्र पाण्डेको प्रमुख आतिथ्यता र नेकपा एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडा तथा नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेलको विशेष आतिथ्यतामा भदौं २२ गते संगठनका तत्कालीन अध्यक्ष यादव प्रसाद पनेरुको अध्यक्षतामा उद्घाटन कार्यक्रम सम्पन्न भएको भएको थियो ।

प्रमुख अतिथि, विशेष अतिथि, अतिथिहरू तथा कम्पनीमा क्रियाशील अन्य ट्रेड युनियनका प्रतिनिधिहरूले उद्घाटन समारोहमा शुभकामना मन्तव्य राखेका थिए । सो अवसरमा केन्द्रीय समिति, विभिन्न विभागहरू, प्रादेशिक समिति, इकाई समिति तथा सम्पर्क समितिका ७७ जिल्लाका ६ सय जना प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

महाधिवेशनमा विगतमा संगठनले कम्पनी, कर्मचारी र सेवाग्राहीको पक्षमा खेलेको भूमिकाको समीक्षा गर्दै आगामी दिनमा कर्मचारी, कम्पनी तथा ग्राहकको बृहत्तर हितको लागि तय गर्नुपर्ने कार्यदिशाको विषयमा गहन बिचार विमर्श गरिएको थियो ।

उक्त महाधिवेशनबाट मोहन प्रसाद फुयाँलको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । समितिको वरिष्ठ उपाध्यक्ष कृष्ण प्रसाद ज्ञवाली, उपाध्यक्षहरू राज किशोर चौधरी, चण्डीका पोखरेल, तोयनाथ भट्टराई, भरत लामिछाने, आनन्द पौडेल, महासचिव मणि कुमार पोखरेल, उपमहासचिवहरू तीर्थराज अधिकारी, गोविन्द ढुङ्गाना, सचिवहरू बचन ढूंगेल, दीपक चौलागाईं, कमला गिरी, कोषाध्यक्ष रोशन पाण्डे र सह–कोषाध्यक्ष नरेश प्रसाद पटेल चयन भएका छन् ।

सदस्यहरूमा महेन्द्र प्रसाद रिमाल, घनश्याम पोखरेल, कमल घिमिरे, केशव बि. सी., सालिकराम आचार्य, हरि बहादुर कार्की, विनोद महर्जन, ई. दीपक पौडेल, राम प्रसाद भट्ट, हरि कृष्ण महत, प्रेमकला सम्बाहाम्फे, रीता अधिकारी, सृजना सापकोटा, नीलकमल बुर्जा, राम बाबु सिंह, कान्छाराम महर्जन, प्रेम प्रसाद रिजाल, युवराज अधिकारी, अशोक हिंङमाङ, कृष्ण खड्का, प्रकाश शर्मा, रामकृष्ण महतो, कमल खत्री, मुक्ति प्रसाद भण्डारी र रमेश पाठक सहित ४० जनाको केन्द्रीय समिति निर्वाचित गर्दै भव्य र सभ्य रूपमा महाधिवेशन सम्पन्न भएको छ ।

साथै, महाधिवेशनमा कम्पनीको समसामयिक अवस्थामा छलफल गर्दै आम कर्मचारीहरूको वृत्ति विकास एवं सेवा सुविधा तथा कम्पनीको व्यावसायिकता अभिवृद्धिका लागि संगठन सशक्त ढङ्गले क्रियाशील रहने संकल्प गर्दै ११ बुँदे प्रस्ताव पारित गरेको छ ।

महाधिवेशनको उद्घाटन समारोहमा उपस्थित प्रमुख अतिथिज्यू, विशेष अतिथिहरू, अतिथिहरू, कम्पनीका उच्च पदस्थ व्यवस्थापकहरू, कम्पनीमा क्रियाशील ट्रेड युनियनका प्रतिनिधिज्यूहरू तथा देशभरबाट उपस्थित प्रतिनिधि तथा पर्यवेक्षक तथा स्वयं सेवकहरू, कर्मचारी, पत्रकार , महाधिवेशन सफल बनाउन अहोरात्र खटिने केन्द्रीय समितिका सम्पूर्ण निवर्तमान पदाधिकारीहरु, सहआयोजक प्रदेश-१ प्रादेशिक समितिका सम्पूर्ण पदाधिकारीहरु, हल उपलब्ध गराई सहयोग गर्ने होटल मनास्लू इन, बिराटनगरका होटल व्यवसायीहरु तथा ११ औ महाधिवेशन सम्पन्न गर्न प्रत्यक्ष तथा परोक्ष रुपमा सहयोगलाई समितिले धन्यवाद दिएको छ ।

You might also like

Comments are closed.