पोखरा ।
नेपाल टुरिजम एण्ड होटल मेनेजमेन्ट कलेजमा भर्चुअल टिचिङ एण्ड लर्निङ प्राक्टिस सम्पन्न भएको छ । कोरोना संक्रमणले विश्वनै आक्रान्त भएको विषम परिस्थितिमा विद्यार्थीहरुमा नकरात्मक र मनोवैज्ञानिक असर नपरोस भनेर नेपाल पर्यटन तथा होटल मेनेजमेन्ट कलेज, पोखराले अनलाईनमा कक्षाहरु संचालन गर्दै आएको छ ।
अनलाइन कक्षालाई थप प्रभावकारी बनाउनको लागि कलेजका प्रिन्सिपल प्रकाश रेग्मीले उच्च माध्यमिक तहका शिक्षकहरुलाई ‘ भर्चुअल टिचिङ एण्ड लर्निङ प्राक्टिस’ को तालिम प्रदान गरे । तालिम कलेज परिसर छिनेडांडामा भएको थियो । अव कोरोना संग डराएर होइन लडेर जानुपर्ने र आउने परिस्थितिलाई सामना गर्दै जानुपर्ने पनि उनले बताए । विद्यार्थी तथा अभिभावकहरुमा पनि मानसिक स्वास्थ्य र आत्मबल बढाई यस विनासकारी भाईरससंग लड्न आग्रह गरेका छन् ।
भर्चुअल टिचिङ एण्ड लर्निङ प्राक्टिस तालिममा कलेजका वि.एच.एम. कार्यक्रम संयोजक जोक बहादुर थापा, परिक्षा संयोजक सुरेश अधिकारी, उच्च माध्यामिक शिक्षाका संयोजक दिनेश कुमार यादव लगायत सम्पूर्ण उच्च माध्यामिक तहका शिक्षकहरु सहभागी थिए । करिव ५ घन्टा लामो तालिममा सुरक्षाका सम्पुर्ण संयन्त्र अपनाईएको थियो । कार्यक्रममा सहभागी शिक्षकहरुले रुचीपुर्ण तथा प्रभावकारी तरिकाले सिकाएको प्रिन्सिपल रेग्मीले बताए ।
Comments are closed.