एनटिएचएमसीमा हल्ट प्राइज २०२०/२१ को तयारी शुरु

पोखरा । नेपाल टुरिजम एण्ड होटल मेनेजमेन्ट कलेज पोखरामा हुन गइरहेको हल्ट प्राइज २०२०।२१ को तयारी सुरु भएको छ । “फुड फर गुड” भन्ने नाराका साथ पोखरामा डिसेम्बरको दोश्रो हप्ता आयोजना गर्ने गरी हल्ट प्राइजको तयारी सुरु भएको हो ।

बिश्वभरका दुई हजारभन्दा बढी विश्वविद्यालयका विद्यार्थीले भाग लिने उक्त कार्यक्रम हल्ट फाउन्डेसन, हल्ट इन्टरनेश्नल बिजनेस स्कुल र संयुक्त राष्ट्रसङ्घले संयुक्त रुपमा आयोजना गछन् । यो प्रतिस्पर्धा विद्यार्थीहरूका लागि नोबेल पुरस्कार भनेर चिनिने अमेरिकी १ मिलियन डलरको ग्लोबल स्टार्टअप पुरस्कार यसको मुख्य आकर्षणको रूपमा रहेको कलेजका प्रिन्सिपल प्रकाश रेग्मीले बताए ।

यस कार्यक्रमलाई भब्यताका साथ सम्पन्न गर्न क्याम्पस प्रतिनिधिका रुपमा (वि.एच.एम पाँचौ सेमेस्टरका) सर्वेन्द्र मल्ल छनौट भएका छन् । साथै  हल्ट प्राइज २०२०।२१ को अभिमुखीकरण कार्यक्रम भदौ १० गते नेपाल टुरिजम एण्ड होटल मेनेज्मेन्ट कलेज, पोखरा र पोखरा विश्वविद्यालयका आंगिक क्याम्पसका विद्यार्थीहरुको सहभागितामा अनलाइन (जुम) मार्फत सम्पन्न भएको छ । यस कार्यक्रममा क्याम्पस प्रतिनिधि सर्वेन्द्र मल्लले हल्ट प्राइजको स्थापना देखि यसको युवा वर्गमा हुने प्रभावकारीताका बारेमा अवगत गराए र इच्छुक विद्यार्थीहरुलाई एनटिएचएमसीमा हल्ट प्राइज ग्रुपमा जोडिन आव्हान समेत गरेका छन् । साथै कलेजका प्रिन्सिपल प्रकाश रेग्मीले सहभागी विद्यार्थीहरुलाई प्रेरित गर्दै अवको युग युवा पुस्ताको अगुवाईमा जाने निश्चित छ, निरन्तर प्रयास, सकारात्मक सोच, उद्देश्य मुखी र अनुशासन त्यसका मुख्य खम्वा हुन र यसलाई सदैव मनन गर्नु पर्नेमा जोड दिए । यस कार्यक्रममा हल्ट प्राइज, पोखरा विश्वविद्यालयका क्याम्पस डाइरेक्टर आशिष लामिछाने, सल्लाहकार प्रवेश गौतम, समुदाय प्रवन्धक विनायक पौडेल लगायत सहभागि थिए ।

jutta mela

पोखरा विश्वविद्यालयले २०१७ देखि यस प्रतियोगिताको आयोजना गर्दै आएको छ । पोखरा विश्वविद्यालयको सम्बन्धनमा नेपाल टुरिजम एण्ड होटल मेनेज्मेन्ट कलेजमा हल्ट प्राइज २०१९ देखि सन्चालन हुन लागेको र यस कार्यक्रम मार्फत विद्यार्थीहरुले उद्यमशिलताका नबिनतम सोच र योजनाहरु प्रस्तुत गर्न पाउने महत्वपुर्ण अवसर भएको प्रिन्सिपल रेग्मीले बताए ।

You might also like

Comments are closed.