एन.टि.एच.एम.सीमा युथ डेभलपमेन्ट क्लबको कार्यसमिति गठन

पोखरा । नेपाल टुरिजम एण्ड होटल मेनेजमेन्ट कलेज, सेन्टर फर विजनेस मेनेजमेन्टमा युथ डेभलपमेन्ट क्लबको कार्यसमिति गठन भएको छ ।
विद्यार्थीहरुको उद्यमशिलता, कार्य दक्षता, सामाजीकरण र चौतर्फी क्षमता अभिवृद्धि गर्ने उद्देश्यले क्लब स्थापना भएको हो ।

बुधवार भएको डिजिटल चुनावअनुसार कार्य समितिको अध्यक्षमा कविन सापकोटा (बि.बि.ए ७ सेमेस्टर), उपाध्यक्षमा उमाकुमारी थापा (बि.बि.ए ३ सेमेस्टर)सचिवमा प्रसान्त सुवेदी (बि.बि.ए २ सेमेस्टर), उपसचिवमा करिमा आले (बि.बि.ए–बि.आई ५ सेमेस्टर), कोषाध्यक्षमा कुसल श्रेष्ठ (बि.बि.ए–बि.आई ५ सेमेस्टर),उपकोषाध्यक्षमा प्रजिता खाँड (बि.बि.ए–बि.आई ५ सेमेस्टर) निर्वाचित भएका छन् ।

साथै कार्य समिति सदस्यमा जिया मरासैनी, सन्ध्या पौडेल, कुशल आले, शिव थापा, दीपा भुजेल, सुजन गुरुङ, प्रविन ढुंगाना, सञ्जिता पौडेल, अलिक श्रेष्ठ, कृष्ण थापा मगर, सुदिप ओझा, ममता सुवेदी, अमिशा परियार र अनुप गुरुङ छनोट भएका छन् ।

कलेजका प्रिन्सिपल प्रकाश रेग्मी र कोअर्डिनेटर हरिहर पौडेल, शिक्षक मिलन श्रेष्ठ निर्वाचन निरिक्षक रहेको निर्वाचन डिजिटल फर्म्याटबाट सम्पन्न भएको हो । नवगठित समितिमा सबै सेमेष्टर छात्र÷छात्राहरुको सहभागिता रहेको अध्यक्ष कविनले बताएका छन् ।

नयाँ समितिका पदाधिकारीहरुलाई स्वागत र हौसला प्रदान गर्दै बधाई तथा शुभकामना ज्ञापन गरिएको प्रिन्सिपल रेग्मीले जानकारी दिए ।
क्लवले विभिन्न शैक्षिक कार्यक्रमहरुका साथै सामाजिक कार्यक्रमहरु गर्नेछ, जसले विद्यार्थीहरुको व्यक्तिगत क्षमता वृद्धि, कार्यकुशलताका साथै समग्र विकासमा टेवा पुग्ने विश्वास गरिएको छ ।

क्लबले छिटै व्यापारिक योजना वक्तव्य विकास, मार्केटिङ तथा विज्ञापन प्रतियोगिता आईडिया, पिचिङ सचेतना तथा अभिमुखिकरण कार्यक्रमहरु गर्ने प्रिन्सिपल रेग्मीले जानकारी दिए ।

You might also like

Comments are closed.