‘मेड इन नेपाल’लाई बढावा दिन युवा उद्यमीलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘मेड इन नेपाल’ लाई बढावा दिन युवा उद्यमीहरुलाई आग्रह गरेका छन् । नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) को टोली र प्रधानमन्त्री ओलीबीच भएको भेटमा उनले यस्तो बताएका हुन् ।

नीति निर्माणमा युवा उद्यमीहरुको संलग्नता, रोजगारीका अवसर, कर प्रणाली र लगायत विविध विषयमा प्रधानमन्त्री ओली र युवा उद्यमीहरुबीच छलफल भएको थियो । उक्त अवसरमा बोल्दै ओलीले युवा उद्यमशीलताको विकासलाई सरकारले प्राथमिकतामा राखेको बताए । युवा उद्यमीहरुसँग सहकार्य गरेर अगाडि बढ्न सरकार तयार रहेको बताउँदै उनले उत्पादनलाई प्राथमिकता दिन युवा उद्यमीहरुलाई आग्रह गरे ।

कार्यक्रममा बोल्दै मञ्चका अध्यक्ष प्रकाशदेव पालिखेले युवा उद्यमलाई प्रवद्र्धन गर्न मञ्चले अगुवाई गर्ने बताए । उद्यमशिलताबाट नै समृद्धि प्राप्त हुने हुँदा राज्यले यसलाई प्राथमिकतामा राख्नुपर्ने उक्त अवसरमा पालिखेले बताए।

मञ्चको टोलीसँग प्रधानमन्त्रीले शनिबार बिहान र साँझ २ पटकसम्म भेटेर छलफल गरेका थिए । प्रधानमन्त्रीले युवा उद्यमीहरुलाई प्रोत्साहन गर्ने प्रतिबद्धता आफूहरुले प्राप्त गर्दा खुसी लागेको अध्यक्ष पाखिलेले बताए । टोलीमा मञ्चका केन्द्रीय पदाधिकारीसहित सातै प्रदेशका युवा उद्यमीहरुको सहभागिता थियो ।

You might also like

Comments are closed.