ओमोडा जेकोका ईभी खरिदमा ७ लाखसम्म छुट, यस्ता छन्, बिशेषताहरु

काठमाडौं । ओमोडा एण्ड जेकेका विद्युतीय सवारी साधन खरिद गर्दा ७ लाख रुपैयाँसम्म छुट पाइने भएको छ । नेपालका लागि ओमोडा एण्ड जेकोको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रालिले दशैं–तिहारको अवसरमा ल्याएको ‘फेस्टिभ राइड, मेगा ड्राइभ’ अफरमा उक्त छुट पाइने भएको हो ।

कम्पनीका अनुसार छुट अफर जेको जे फाइ, जे सिक्स र ओमोडा ई फाइभमा लागू हुनेछ । ग्राहकले जेको जे फाइभ र जे सिक्स खरिदमा ४ लाख रुपैयाँ नगद छुट पाउने भएका छन् । कम्पनीले हाल ६० लाख ९९ हजार रुपैयाँको बिक्री गर्दै आएको जेको जे फाइभ ५६ लाख ९९ हजार रुपैयाँमै दिने भएको छ ।

त्यस्तै, ६९ लाख ९९ हजार रुपैयाँमा बिक्री गर्दै आएको जेको जे सिक्स ६५ लाख ९९ हजार रुपैयाँमै उपलब्ध गराउने भएको छ । कम्पनीले ओमोडा ई फाइभमा भने ७ लाख रुपैयाँ नगद छुट दिएको छ । यसअघि ६१ लाख ९९ रुपैयाँमा बिक्री गर्दै आएको ओमोडा ई फाइभ फेस्टिभ अफरमा ५४ लाख ९९ हजार रुपैयाँमै उपलब्ध गराउने भएको हो ।

साथै, यस अफर अन्तर्गत ग्राहकले एक्सचेञ्ज बोनस, ७ किलोवाट वाल चार्जर र १ वर्षको इन्स्योरेन्स निःशुल्क पाउनेछन् । यो अफर सीमित अवधिसम्म मात्र लागू हुने कम्पनीले जनाएको छ । शर्त लागू हुनेछ । जेइको जे फाइभको लम्बाइ ४३८० एमएम, चौडाइ १८६० एमएम र उचाइ १६५० एमएम छ ।

यसमा आकर्षक १८ इञ्चका एलोय ह्वील फिट गरिएको छ । यसमा १५५ किलोवाट इलेक्ट्रीक मोटर र ५८.९ किलोवाट आवर ब्याट्रीप्याक छ, जसले एकपटकको चार्जमा ४०२ किलोमिटरको रेन्ज दिने कम्पनीले जनाएको छ । यसको ग्राउण्ड क्लियरेन्स १८५ एमएम छ ।

ओमोडा ई फाइभ प्योर पूर्णतया इलेक्ट्रीक एसयूभी हो । यसमा ९९ किलोवाट मोटर पावर र ६१ किलोवाट आवर ब्याट्रीप्याक छ । यसले एकपटकको चार्जमा ४३० किलोमिटरको डब्लूएलटीपी रेन्ज दिन्छ । यसमा पनि स्पेयर टायर र १८५ एमएम ग्राउण्ड क्लियरेन्स छ ।

त्यस्तै, जेकोजे सिक्स हल्का अफ–रोड रियर ह्वील ड्राइभ गाडी हो । २०० एमएको ग्राउण्ड क्लियरेन्स रहेका जेको जे सिक्समा १३५ किलोवाट मोटर पावर, ६५.६९ किलोवाट आवर ब्याट्रीप्याक छ । यसले ४०० किलोमिटर डब्लूएलटीपी रेन्ज दिन्छ ।

You might also like

Comments are closed.