गण्डकीमा १० प्रतिशत सुन्तला उत्पादन बढ्यो

काठमाडौं ।सुन्तला खेतीका लागि गण्डकी प्रदेशलाई अगाडि मानिन्छ । विशेष गरी गण्डकी प्रदेशका नौ जिल्लामध्ये २ जिल्लामा मात्र सुन्तला खेति हुँदैन नत्र सबै जिल्लामा सुन्तला खेतीका लागि राम्रो हावापानी रहेको छ । पछिल्लो समयमा गण्डकी प्रदेशमा सुन्तला खेतीमा किसानहरु आकर्षित बन्दै गइरहेका छन् । फलस्वरुप यस सुन्तला उत्पादन बढेको छ ।

कृषि विकास निर्देशनालयको प्रारम्भिक तथ्यांकका अनुसार  यस बर्ष गण्डकी प्रदेशमा तीन अर्वको सुन्तला उत्पादन भएको छ । यस बर्ष १० प्रतिशत सुन्तला उत्पादन बढेको छ ।

गत वर्षको तुलनामा १० प्रतिशतले उत्पादन बढ्दा यो वर्ष ५५ हजार ९ सय ३५ मेट्रिक टन सुन्तला फलेको हो । अघिल्लो वर्ष ५० हजार आठ सय ५० मेट्रिक टन सुन्तला उत्पादन भएको थियो ।

jutta mela

सुन्तला खेती हुने प्रदेशका ९ जिल्लामध्ये सबैभन्दा बढी स्याङ्जामा १५ हजार १ सय ८० र सबैभन्दा कम लमजुङमा  ७ सय १५ मेट्रिक टन सुन्तला उत्पादन भएको निर्देशनालयले जनाएको छ ।

तनहुँमा १२ हजार ५ सय ४०, कास्कीमा आठ हजार तीन सय ७१, गोरखामा ६ हजार १ सय ४६, पर्वतमा ४ हजार ४ सय, बागलुङमा ४ हजार १५, म्याग्दीमा ३हजार छ सय ९३ र नवलपुरमा आठ सय ७५ टन सुन्तला उत्पादन भएको छ । मुस्ताङ र मनाङमा भने सुन्तला खेती हुँदैन ।

किसानले पाउने प्रतिकिलो रु ५० औसत मूल्यका आधारमा यो वर्ष गण्डकी प्रदेशमा रु दुई अर्ब ७९ करोड, ६७ लाख, ५० हजार बराबरको सुन्तला उत्पादन भएको निर्देशनालय स्रोतले जानकारी दिएको छ । । मुस्ताङ र मनाङबाहेक प्रदेशका ९ जिल्लामा गरी कूल ८ हजार ३ सय ४२ हेक्टरमा सुन्तला खेती भइरहेको छ ।

पछिल्लो समयमा अन्नबाली छाडेर सुन्तला खेतीमा किसान आकर्षित बन्दै गएका छन् । जसको कारण अहिले गण्डकी प्रदेशमा सुन्तला उत्पादन बढी भएको हो ।

You might also like

Comments are closed.