मस्कटबाट नेपाल आइपुग्यो ५६० थान अक्सिजन सिलिण्डर, चीनबाट पनि आउने

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले ओमानको मस्कटबाट ५६० थान अक्सिजन सिलिण्डर ल्याएको छ ।

गैरआवासीय नेपाली संघको सहयोग र नेपाली दूतावास ओमानको सहकार्यमा सहयोगस्वरुप प्राप्त सिलिण्डर निगमको वाइड बडी ए ३३० जहाजले साँझ काठमाडौँ ल्याएको हो । अक्सिजन सिलिण्डर लिन निगमको जहाज बिहान मस्कट उडेको थियो ।

यस्तै चीनको राजधानी बेजिङबाट चीन सरकारले अनुदानमा दिएको अक्सिजन सिलिण्डर लिन निगमको वाइड बडी जहाज राति ११ बजे त्यसतर्फ जाने बताइएको छ ।

रासस

You might also like

Comments are closed.