काठमाडौं । निजी तथा आवसीय विद्यालय संगठन काठमाडौं (प्याब्सक) ले शिक्षक सम्मान कार्यक्रम गरेको छ । संगठनले गुरु पूर्णिमाको अवसरमा शिक्षक सम्मान कार्यक्रमको आयोजना गरेको हो ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाको प्रमुख आथित्यमा सम्पन्न कार्यक्रममा नेसनल प्याब्सनका राष्ट्रिय अध्यक्ष पाण्डव हमाल विशिस्ट अतिथि रहेका थिए ।
त्यस्तै, कार्यक्रममा नेसनल प्याब्सनका केन्द्रीय तथा जिल्ला र विभिन्न नगर समितिका नेताहरू, विभिन्न विद्यालयका शिक्षकरशिक्षिकाहरुको उपस्थिति रहेको थियो ।
आदिम नेशनल कलेज मूख्य प्रायोजक रहेको कार्यक्रमको अन्य प्रायोजकहरुमा मनास्लु वर्ल्ड कलेज, विनायक सिद्द कलेज तथा पुष्पलाल मेमोरियल कलेज रहेको प्याव्सकका उपाध्यक्ष तथा कार्यक्रम संयोजक समिर वास्तोलाले जानकारी दिए ।
Comments are closed.