प्याब्सकको आयोजनामा अन्तरविद्यालय स्तरीय फुटसल

काठमाडौं । निजी तथा आवासीय विद्यालय संगठन काठमाडौं (प्याब्सक)को आयोजनामा अन्तर विद्यालयस्तरीय छात्र फुटसल प्रतियोगिता हुने भएको छ ।

प्रतियोगिता मंसिर २० र २१ गते चावहिलको चुच्चेपाटीमा रहेको भाटभटेनी फुटसल ग्राउण्डमा हुने आइतबार आयोजित पत्रकार सम्मेलन जानकारी दिइयो । प्रतियोगितामा संगठनमा आवद्ध विद्यालयहरुको सहभागिता रहनेछ ।

प्रतियोगितामा सहभागी हुन २४ विद्यालयले नाम दर्ता गरिसकेका र अन्य विद्यालय पनि सहभागी हुने तयारीमा रहेको कार्यक्रम संयोजक राजु पुडासैनीले जानकारी दिए ।

jutta mela

प्रतियोगितामा प्रथम हुने टिमले नगद १० हजार रुपैयाँ, ट्रफी, मेडल, शिल्ड र प्रमाणपत्र प्राप्त गर्ने छन् भने द्वितीय हुनेले ५ हजार रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्र तथा तृतिय हुने टिमले ३ हजार रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन्।

त्यसैगरि हरेक खेलका म्यान अफ द म्याच, बेष्ट गोलकिपरलाई पनि पुरस्कृत गरिने तथा उत्कृष्ट खेल खेल्ने विद्यार्थीलाई बेष्ट प्लेयर अफ द टुर्नामेन्टको अवार्ड प्रदान गरिने पुडासैनीले बताए । प्रतियोगितामा सहभागी हुने टिमले ३ हजार रुपैयाँ दर्ता शुल्क तिर्नुपर्ने अध्यक्ष गेन्द्र लामाले जानकारी दिए ।

साथै प्याब्सकले शैक्षिक उन्नयनका साथै शैक्षिक संस्थाहरुबीच सौहाद्रपुर्ण, भाइचाराको सम्बन्ध विकास गर्नेगरी विभिन्न कार्यक्रम गर्दै आइरहेको अध्यक्ष लामाले बताए ।

You might also like

Comments are closed.