कलैया । बारामा किसानले यसवर्ष तीन अर्ब ५३ करोड ९४ लाख बराबरको एक लाख ४१ हजार ५ सय ७७ मेट्रिकटन अगहनी धान उत्पादन गरेका छन् ।
उत्पादित धान व्यापारीले प्रति क्विन्टल दुई हजार ५ सय रूपैयाँका दरले खरिद गरेका छन् । अगहनी धान उत्पादनमा गत वर्षको तुलनामा ५० प्रतिशतले कमी आएको कृषि ज्ञानकेन्द्रका प्रमुख जीतेन्द्र यादवले जानकारी दिए ।
यस वर्ष किसानले सोना मन्सुली, सावित्री, स्वर्णसवा १, सवा मन्सुली, राधा ११ र राधा ९ जातका धान ३४ हजार १ सय १५ हेक्टरमा लगाएका थिए ।
बाली विकास अधिकृत राजकरण साहका अनुसार आर्थिक वर्ष २०७७/७८ मा किसानले अगहनी धान ३४ हजार १ सय ६५ हेक्टर क्षेत्रफलमा लगाएका थिए । प्रति हेक्टर चार दशमलव २५ मेट्रिक टनका दरले एक लाख ४५ हजार २ सय १ मेट्रिक टन धान उत्पादन भएको थियो ।
Comments are closed.