प्रदेश नं २ मा धान उत्पादन घट्यो

जनकपुर । प्रदेश नं २ का जिल्लामा यस वर्ष धान उत्पादन दरमा ह्रास आएको छ । गत कात्तिकमा भएको बेमौसमी वर्षा कारण प्रदेशका जिल्लामा गत वर्षको तुलनामा यस वर्ष धान उत्पादनमा ह्रास आएको हो ।

प्रदेशमा चालू आर्थिक वर्षमा कूल तीन लाख ७६ हजार ४ सय ३४ हेक्टर क्षेत्रफलमा धानबाली लगाइएकामा प्रतिहेक्टर तीन दशमलव ५१ मेट्रिक टनका दरले १३ लाख १९ हजार ८ सय ६ मेट्रिक टन धान उत्पादन भएको प्रदेश नं २ भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सूचना अधिकारी मनिषकुमार पालले जानकारी दिए ।

गत आव २०७७/७८ मा तीन लाख ४५ हजार ६ सय ३ हेक्टर क्षेत्रफलमा धानबाली लगाइएकामा प्रतिहेक्टर तीन दशमलव ६५ मेट्रिक टनका दरले १२ लाख ६२ हजार २ सय मेट्रिक टन धान उत्पादन भएको थियो । सूचना अधिकारी पालका अनुसार गत वर्षको तुलनामा यस वर्षमा बारा र पर्सामा धान उत्पादन बढे पनि बाँकी छ जिल्लामा धान उत्पादन घटेको छ ।

यस वर्ष पर्सामा ३५ हजार २० हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर चार दशमलव ८० मेट्रिक टनका दरले एक लाख ६८ हजार ९६ मेट्रिक टन धान उत्पादन भएको छ भने बारामा ४६ हजार २० हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर चार दशमलव १९ प्रतिशतका दरले एक लाख ९२ हजार ७ सय ६८ मेट्रिक टन धान उत्पादन भएको सूचना अधिकारी पालले जानकारी दिए ।

गत आव २०७७/७८ मा पर्सामा ३९ हजार ४ सय ६३ हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर चार दशमलव पाँच मेट्रिक टनका दरले एक लाख ५९ हजार ८ सय २५ मेट्रिक टन धान उत्पादन भएको थियो भने बारामा ४० हजार १ सय २५ हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर तीन दशमलव ३३ मेट्रिक टनका दरले एक लाख ३३ हजार ६ सय १६ मेट्रिक टन धान उत्पादन भएको थियो ।

प्रदेशका पर्सा र बारामा यस वर्ष धान उत्पादन दर बढे पनि धनुषा, महोत्तरी, सर्लाही, रौतहट, सिरहा र सप्तरीमा घटेको छ । धनुषामा यस वर्ष ५३ हजार ४ सय हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर तीन दशमलव २० का दरले एक लाख ७० हजार ८ सय ८० मेट्रिक टन, महोत्तरीमा ४५ हजार ५ सय हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर तीन दशमलव ६३ मेट्रिक टनका दरले एक लाख ६५ हजार २ सय मेट्रिक टन, सर्लाहीमा ४४ हजार हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर तीन दशमलव ३० प्रतिशतका दरले एक लाख ४५ हजार २ सय मेट्रिक टन र रौतहटमा ३७ हजार ७ सय ७५ हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर दुई दशमलव ९६ मेट्रिक टनका दरले एक लाख ११ हजार ७ सय ४० मेट्रिक टन धान उत्पादन भएको जनाइएको छ ।

यस्तै यस वर्ष सिरहामा ५७ हजार ६ सय ९० हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर तीन दशमलव ४० मेट्रिक टनका दरले एक लाख ९६ हजार १ सय ४६ मेट्रिक टन र सप्तरीमा ५७ हजार ५४ हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर दुई दशमलव ९८ मेट्रिक टनका दरले एक लाख ६९ हजार ७ सय ७६ मेट्रिक टन धान उत्पादन भएको उनले बताए ।

गत आव २०७७/७८ मा धनुषामा ५३ हजार ३ सय १ हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर तीन दशमलव ९६ का दरले दुई लाख ११ हजार ७२ मेट्रिक टन, महोत्तरीमा ३३ हजार ७ सय ३६ हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर तीन दशमलव ६५ मेट्रिक दरले एक लाख २३ हजार १ सय ३५ मेट्रिक टन, सर्लाहीमा ४५ हजार ९ सय ५० हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर तीन दशमलव ६४ प्रतिशतका दरले एक लाख ६७ हजार २ सय ५८ मेट्रिक टन र रौतहटमा ३५ हजार ९ सय ९८ हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर तीन दशमलव ४८ मेट्रिक टनका दरले एक लाख ३३ हजार ६ सय १६ मेट्रिक टन धान उत्पादन भएको थियो ।

यस्तै गत वर्ष सिरहामा ४७ हजार ५ सय ८० हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर तीन दशमलव ५३ मेट्रिक टनका दरले एक लाख ६७ हजार ९ सय ५७ मेट्रिक टन र सप्तरीमा ४९ हजार ४ सय ५० हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर तीन दशमलव ५२ मेट्रिक टनका दरले एक लाख ७४ हजार ६४ मेट्रिक टन धान उत्पादन भएको थियो । धानखेतीको समयमा वर्षा भएको र ग्वारो किराको प्रकोपसमेत कम भएकाले यस वर्ष धान उत्पादन दर बढ्ने अनुमान गरिए पनि धान भित्र्याउने बेला गत कात्तिकमा भएको बेमौसमी वर्षाले क्षति पु¥याएका कारण धान उत्पादनमा कमी आएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका बाली विकस अधिकृतसमेत रहेका सूचना अधिकारी पालले बताए ।

You might also like

Comments are closed.