मान्म । कालीकोटमा गत आर्थिक वर्ष भन्दा चालू आर्थिक वर्षमा मौसम राम्रो भएकाले धान उत्पादन २५ प्रतिशतले बढेको छ ।
कालीकोटमा चालू आर्थिक वर्षमा धान उत्पादन बढेको कृषि विकास कार्यालय कालीकोटका निमित्त कार्यालय प्रमुख भरतबहादुर बस्नेतले जानकारी दिए । “धान उत्पादन हुने क्षेत्र तिलागुफा नगरपालिकाको चिल्खाया, रास्कोट नगरपालिका र सान्नी त्रिवेणी गाउँपालिकामा जिल्लाकै बढी धान उत्पादन भएको छ ।”
उनले भने,“चालू आर्थिक वर्षमा इतिहासकै बढी धान उत्पादन भएको हो ।”कालीकोटमा धान मात्र नभएर अन्य बाली पनि चालू आर्थिक वर्षमा ४०० मेट्रिक टन बढी उत्पादन भएको कार्यालय प्रमुख बस्नेतले बताए ।
कोरोना महामारीका कारणले विदेशवाट घर फर्केका बेरोजगार युवाका लागि ५० लाखसम्मको लागि कृषि व्यवसाय प्रवद्र्धन अन्तर्गत जिल्लामा तीन सय जनाको आवेदन परेको कार्यालय प्रमुख बस्नेतले बताए ।
उनका अनुसार पचास लाख बजेटमा तीन सय बेरोगारको दरखास्त परेकाले छनोटमा समस्या भएको र एक जनालई रु एक लाखसम्म बजेट पर्ने र तीन सय जनामा ५० जनासम्म छनोट गर्ने तयारी कार्यालयले गरेको छ ।
Comments are closed.