काठमाडौं । झापामा लागुऔषध ब्राउन सुगरजस्तो लिसाइलो पदार्थसहित ३ जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाले लागुऔषध ब्राउनसुगर जस्तो लिसाइलो पदार्थसहित ३ जनालाई पक्राउ गरेको हो ।पक्राउ पर्नेमा झापा बुद्धशान्ति ३ बस्ने अजय तामाङ, सन्तोष राजवंशी र अर्का एक जना पक्राउ परेका हुन् ।
तामाङ अटो चालक हुन भने राजवंशी र अन्य १ जना अटोमा सवार थिए । चारआलीबाट बुधबारेतर्फ आउदै गरेको प्रदेश १-०१-००२ ह ३५६ नम्बरको अटो चेकजाँच गर्दा लुकाएर ल्याउँदै गरेको ब्राउनसुगर जस्तो पदार्थ ५ ग्राम ११० मिलिग्रामसहित उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
Comments are closed.