प्यारामाउण्ट प्लाजामा सटर भाडामा

काठमाडौं । प्यारामाउण्ट निर्माण सेवा प्रालिले ललितपुरको शंखमुलमा रहेको प्यारामाउण्ट प्लाजाका सटर भाडाकाे लागि  खुला गरेको छ ।

प्यारामाउण्टका प्रबन्ध निर्देशक हेमराज बस्नेतले उक्त प्लाजामा ११ ओट सटर खालि रहेको जानकारी दिएका छन् ।साथै  २००० स्क्वायर फिट खाली स्पेस रेस्टुरेन्टकाे लागि रहेकाे समेत निर्देशक बस्नेतले बताएका छन् ।   बस्नेतले उक्त सटर व्यापारिक प्रयोजन तथा अफिसको लागि मात्र विक्री खुला गरिएको बताए ।

जस अन्तर्गत (बैंक, फाइनान्स, इन्स्योरेन्स कम्पनी, कफी सप, रेस्टुरेन्ट, कोलस्टोर, वाइन सप र रेन्डम सप) खोल्न चाहाने ग्राहकले उक्त सटरका लागि सम्पर्क गर्न सकिने छ । बुकिङको लागि कार्यलयको फोन नम्वरमा सम्पर्क गर्न सकिने छ ।

प्लाजा बानेश्वरबाट नजिकै रहेको र ग्राहकलाई पायक पर्ने ठाउँमा भएकोले व्यापारिक दृष्टिकोणले एकदमै उपयुक्त भएको बस्नेतले बताउँछन् । शंखमुलमा रहेको नार्गाजुन कलेजसँगै रहेको उक्त प्लाजामा राम्रो पार्किङका  साथै सम्पूर्ण सविधाहरु रहेको छ ।

 

You might also like

Comments are closed.