‘नेपाल आएका पर्यटकलाई पोखरासम्म ल्याउनुपर्छ’, पार्वती पाण्डेसँगको संवाद

पार्वती पाण्डे
अध्यक्ष
महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ)

महिलालाई पर्यटन व्यवसायमा आवद्ध बनाउनुपर्छ र सहज तथा सरल तरिकाले व्यवसाय संचालन गर्ने वातावरण बनाउनुपर्छ भन्ने उद्देश्यका साथ स्थापना भएको संस्था हो महिला पर्यटन व्यवसायी मञ्च । मञ्चको अधिवेशनले नयाँ कार्यसमिति चयनसमेत गरेको छ । यसैक्रममा मञ्चका गतिविधि तथा आगामी कार्यक्रमका बारेमा नवनिर्वाचित अध्यक्ष पार्वती पाण्डेसँग आर्थिक आवाजले गरेको कुराकानीः

महिला पर्यटन व्यवसायी मञ्चको स्थापना किन भयो ?
पर्यटन व्यवसायी महिलाको संयुक्त भेलाबाट संगठित भएर अगाडि बढ्नुपर्छ भन्ने चाहना अनुसार २०७४ साउन २९ गते महिला पर्यटन व्यवसायी मञ्चको स्थापना भएको हो । पर्यटन व्यवसायी महिला यसमा आवद्ध हुनुहुन्छ । पर्यटन व्यवसायमा आवद्ध महिलाको दक्षता तथा क्षमता विकास गर्नुका साथै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ महिला पर्यटन व्यवसायी मञ्चको स्थापना भएको हो ।

jutta mela

पर्यटन व्यवसायमा महिलाको लागि के कस्ता चुनौती छन् ?
पक्कैपनि सबै क्षेत्रमा चुनौती हुन्छन् । पर्यटन व्यवसायमा आवद्ध महिलाको पनि धेरै चुनौति छन् । चुनौतीको सामना गर्दै दिदी बहिनी व्यवसायमा आवद्ध हुनुभएको छ । चुनौती संग डराएर होइन सामना गरेर अगाडी बढ्नुभएको छ । आत्मर्निभर बन्नका लागि पनि व्यवसायले सहयोग पु¥याएको छ । महिला पुरुष एक रथमा २ पाङग्रा भन्ने उखानलाई चरितार्थ गर्दै सँगै मिलेर अगाडी बढेको अवस्था छ ।

पर्यटन प्रवद्र्धनमा मञ्चले कसरी काम गरिरहेको छ ?
पर्यटन प्रवद्र्धका लागि महिला पर्यटन व्यवसायी मञ्चले विभिन्न कार्यक्रम गर्दै आएको छ । समय समयमा विभिन्न स्थानको भ्रमण गरि नयाँनयाँ कुरा सिक्ने तथा सिकाउने गरिरहेका छौं । पर्यटन व्यवसायमा आवद्ध महिलालाई क्षमता तथा नेतृत्व विकास का लागि सिपमुलक तालिम पनि प्रदान गर्दै आइरहेको छ । तालिम तथा गोष्ठीले व्यवसायमा लाग्न प्रोत्साहन तथा प्रेरणा प्रदान गर्छन् भन्ने मलाई लाग्छ । महिलाहरु उत्साहका साथ व्यवसायमा लाग्नुभएको छ ।

कोरोना महामारीले प्रत्यक्ष असर पारेको व्यवसाय पर्यटन पनि हो, कतिपय व्यवसायी विस्थापित भएको अवस्था छ । यसलाई कसरी हेर्नुभएको छ ?
कोरोना महामारीले प्रत्यक्ष रुपमा सबैभन्दा बढी असर पारेको व्यवसाय पर्यटन हो । नेपालमा मात्र नभई विश्वमा नै यसको प्रभाव परेको छ । अब कोरोना छ भनेर बाहिर निस्कन डराउनु भएन । स्वास्थ्य सुरक्षाका मापदण्ड पुरा गरि सुरक्षित भएर व्यवसाय संचालन गर्नुपर्छ । व्यवसायीको हितको लागि सरकारले विभिन्न नीति ल्याएको छ । तर, कार्यान्वयन नभएको अवस्था छ । यसलाई कार्यान्वयन गरेर व्यवसायीलाई व्यवसाय गर्न प्रेरित गर्नुपर्छ । करिव २० देखि २५ प्रतिशत व्यवसायी विस्थापित भइसकेको अवस्था छ । विस्थापित भएका व्यवसायीलाई पुनःस्थापना गराउनतर्फ सम्वन्धित सबैले ध्यान दिनुपर्छ । सहज वातावरण बनेमा पुनः व्यवसायमा फर्कनुहुन्छ भन्ने मलाई लाग्छ ।

पश्चिमाञ्चल होटल संघको कोषाध्यक्ष पनि हुनुहुन्छ । अन्य संघ संस्थासँग कसरी सहकार्य गर्नुभएको छ ?
पर्यटनसँग आवद्ध अन्य संघ संस्थासँग पनि हामीले समन्वय तथा सहकार्य गरिरहेका छौं । पर्यटन व्यवसायसँग सम्वन्धित संस्थाहरुको उद्देश्य भनेको पर्यटन प्रवद्र्धन नै हो । धेरै भन्दा धेरै पर्यटक नेपाल भित्र्याउने र नेपाल आएका पर्यटकलाई पोखरासम्म ल्याउनुपर्छ भन्ने साझा उद्देश्यका साथ अगाडि बढिरहेका छौं ।

You might also like

Comments are closed.