प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको पाँचौं वार्षिक साधारण सभा सम्पन्न

काठमाडाैं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको पाँचौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । २०७४ मंसिर २८ देखि बीमा व्यवसाय कारोबार संचालन गर्दै आएको प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले पाँचौं वार्षिक साधारण सभा गरेको हो ।

कम्पनीका अध्यक्षसुभाष अमात्य अध्यक्षतामा समपन्न कार्यक्रममा वार्षिक प्रतिवेदन पारित गर्दै लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७७\७८ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु समेत पारित गरिएको छ ।
साथै साधारण सभाले समूह “क” संस्थापक समूहका शेयरधनीका तर्फबाट श्री शिक्षा भट्टचन, श्री मिजास भट्टचन, श्री श्याम कृष्ण श्रेष्ठ र श्री सुुुसन शेरचनलाई सञ्चालक समिति सदस्यमा निर्विरोध निर्वाचित गरेको छ ।

कम्पनीमा श्री शंकर गौतम तथा श्री दिपक पाण्डेय सर्वसाधारण शेयरधनीहरुको तर्फबाट चौंथो वार्षिक साधारण सभाबाटै सञ्चालकमा रहदै आउनु भएको छ । साधारण सभाले ९.८० प्रतिशत शेयर लाभांस र ०.५१ प्रतिशत नगद लाभांस (कर प्रयोजनको लागि) गरी जम्मा १०.३१ प्रतिशत लाभांस प्रस्ताव पारित गरेको छ ।

साधारण सभाले कम्पनीको सञ्चालक समितिले प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाईफ इन्स्योरेन्स बीच १ः१ शेयर अनुपातमा हुने मर्जर प्रकृयालाई स्वीकृति प्रदान गरेको छ । त्यस्तै साथै, मर्जर पछि बन्ने कम्पनीको नाम प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड राख्न पनि स्वीकृति प्रदान गरेको विज्ञप्तिमाउल्येख छ ।

 

 

lcci
You might also like

Comments are closed.