हाम्रो परिवर्तन नेपालको आयोजनामा सुगर र उच्च रक्तचापको परीक्षण निःशुल्क

पोखरा । विभिन्न सचेतनामुलक, सृजनात्मक तथा विकाससंग सम्वन्धित काम गर्दै आइरहेको संस्था हाम्रो परिवर्तन नेपालको आयोजनामा सुगर र उच्च रक्तचापको निःशुल्क परीक्षण गरिएको छ ।

हाम्रो परिवर्तन नेपाल स्वास्थ्य विभागको आयोजनामा पोखरा महानगरपालिका वडा नं ९ मा सुगर र उच्च रक्तचाप निःशुल्क परीक्षण गरिएको संस्थाका सचिव हरि कार्कीले जानकारी दिए ।

पोखरा ९ बाट शुरु गरिएको यस अभियान सवै वडा तथा अन्य जिल्लामा पनि संचालन गरिने केन्द्रीय सदस्य तथा वित्तीय विभाग प्रमुख लेखुराम खातीले बताए ।

jutta mela

संस्थामा डाक्टर तथा स्वास्थ्यकर्मी, प्राध्यापक एवं शैक्षिक व्यक्तित्व, इन्जिनियर, व्यवसायी, पर्यटन, कृषि लगायतका क्षेत्रमा आवद्ध व्यक्ति छन् । आवश्यकता अनुसार संस्थाले रचनात्मक तथा सृजनात्मक काम गर्दै आईरहेको छ । संस्थाले यसअघि औषधी निःशुल्क वितरण तथा निः शुल्क स्वाव संकलन, राहत वितरण जस्ता काम गरिसकेको छ ।

You might also like

Comments are closed.