जेठ १५ गतेदेखि राहदानी विभाग आइतबार पनि खुला हुने

काठमाडौं । राहदानी  विभागले जेठ १५ देखि आइतबार पनि विभाग खुला राख्ने निर्णय गरेको छ ।

सरकारले आइतबार सार्वजनिक विदा दिने निर्णय गरेपनि सेवाग्राहीको उच्च चापका कारणले राहदानी विभागले जेठ १५ गतेदेखि आइतबार पनि विभाग खुला गरी सेवा दिने निर्णय गरेको हो ।

विभागले जारी गरेको सूचनामा १५ जेठदेखि अर्को व्यवस्था नभएसम्म प्रत्येक हप्ताको आइतबार बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म विभाग खुल्ने उल्लेख रहेको छ ।

jutta mela

सूचनामा भनिएको छ , ‘विद्युतीय राहदानी सहज रुपमा उपलब्ध गराउने नेपाल सरकारको नीति रहेको र राहदानी विभागमा सेवाग्राहीको चाप उल्लेखनीय रुपमा बढिरहेकोले सार्वजनिक बिदाको दिन समेत राहदानी सेवा प्रदान गर्न लागिएको विभागले जानकारी दिएको छ ।विभागले जारी गरेको सूचनामा १५ जेठदेखि अर्को व्यवस्था नभएसम्म प्रत्येक हप्ताको आइतबार बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म विभाग खुल्ने र राहदानीको लागि आवेदन दिई सम्बन्धित दिनको मिति र समय बुकिङ गर्नुहुने सेवाग्राहीहरुलाई उक्त समयमा विभागले राहदानी सम्बन्धी सेवा प्रदान गर्न गइरहेको व्यहोरा अनुरोध छ । ’

You might also like

Comments are closed.