पठाओले भन्यो– हामिले भाडा बढाएका छैनौं, अफलाइन राइडदेखि होसियार

काठमाडौं । आज सार्वजनिक यातायात अवरुद्ध भएको समयमा विभिन्न राइड सेयरिङले भाडा वृद्धि गरेको समाचारहरु आइरहेको बेला नेपालको लोकप्रिय राइड सेयरिङ कम्पनी पठाओ नेपालले पठाओ मोबाइल एपमा नियमित शुल्क बाहेक कुनै पनि वृद्धि नभएको बताएको छ ।

कम्पनीले यात्रुलाई परेको असहज परिस्थितीमा सहजीकरण गर्न पठाओले राइडरलाई कम्पनीको तर्फबाट क्वेस्ट र इन्सेन्टिभ दिएर प्रोत्साहन गरेको बताइएको छ । पठाओले आफ्नो सामाजिक सन्जालमार्फत यो जानकारी गराएको हो । साथै पठाओले सुरक्षित र सुनिश्चित राइडका आगि अफलाइन यात्रा नगर्न यात्रुहरुलाई अनुरोध गरेको छ ।

अफलाइन यात्रा गर्दा विभिन्न व्यक्ति ठगी, डकैती, दुव्र्यवहारमा परेको घटना यस अगाडि नेपाल प्रहरीले नै बताउँदै आएको छ । अफलाइन यात्रा गर्दा सोको रेकर्ड सिस्टममा नहुने, बिमा नहुने र विभिन्न प्रकारका आपराधिक घटनाको जोखिम हुने भएकाले मोबाइल एपबाट मात्रै राइड लिन पठाओले अनुरोध गरेको छ ।

साथै पठाओले केही समस्या पर्दा २४सै घणटा पठाइओको कल सेन्टरको नम्बर ०१–५९७००९९ मा सम्पर्क गरि पठाओ राइडसम्बन्धी गुनासो र उजुरी गर्न सक्ने बताएको छ ।

You might also like

Comments are closed.