वैध व्यापारलाई प्रोत्साहन र चुहावट रोक्न सरकार गम्भीर भएर लाग्छ : अर्थमन्त्री

काठमाडौं ।  अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वैध व्यापारलाई प्रोत्साहन र चुहावट रोक्न भन्सार विभागले गम्भीर भएर काम गर्नुपर्ने बताएका छन् ।

७१ औँ अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा बिहीबार भन्सार काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री पौडेलले सो कुरा बताएका हुन् । उनले पछिल्लो समय भन्सार विन्दुबाट हुने चुहावट बढ्दै गरको र यसको असर राजस्व परिचालनमा समेत परेको भन्दै चुहावट रोक्न सरकार निर्मम भएर लाग्ने बताएका हुन् ।

अर्थमन्त्री पौडेलले गत आर्थिक वर्षको यही अवधिको तुलना गर्दा चालु आर्थिक वर्षमा १६ प्रतिशतले राजस्व परिचालनमा कमी आएको बताए । यस्तो आँकडा सुनेर मात्र बस्न सक्ने अवस्थामा सरकार नरहेको उनले उल्लेख गरे ।

jutta mela

पौडेलले राजस्व परिचालनमा कमी आउनुमा विभिन्न तर्क सुनिनेको भएपनि ती कुनै पनि तर्कले राजस्व संकलन गर्ने जिम्मेवारीबाट उम्किन नमिल्ने बताए । राजस्व परिचालनको क्षेत्रको कमजोरीलाई समाधान गर्दै लक्ष्य भेट्टाउने काम गर्न उनले निर्देशन दिए ।

अन्तर्राष्ट्रिय व्यापारमा प्रविधिमैत्री भएर अघि बढ्दा लागत कम हुने र व्यापारलाई सहजीकरण गर्न सकिने उनको भनाइ छ ।भन्सार विन्दुबाट कुनै वस्तुको आयात घट्ने तर बजारमा सोही वस्तुको मौज्दात बढी देखिने भन्दै यसले ‘लिगल च्यानल’लाई चुनौती दिने काम गरेको उनले बताएका छन् ।

You might also like

Comments are closed.