पोखरा उद्योग वाणिज्य संघ र मणिपाल अस्पतालबीच छुट सम्झौता

पोखरा । पोखरा उद्योग वाणिज्य संघ र मणिपाल अस्पतालबीच स्वास्थ्य सेवामा छुट सम्झौता भएको छ । पोखरा उद्योग वाणिज्य संघ र मणिपाल अस्पताल पोखराबीच स्वास्थ्य सेवासम्बन्धी सम्झौता भएसँगै पोउवा संघका साधारण सदस्यहरुले स्वास्थ्य सेवामा छुट पाउने भएका हुन् ।

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापति तथा मणिपाल शिक्षण अस्पताल पोखराका निर्देशक डा. अभिषेक मास्केबीच भएको सम्झौता भएको हो ।

सम्झौता अनुसार अब संघका सदस्यहरुले मणिपालको स्वास्थ्य सेवा लिँदा दर्ता शुल्क लाग्ने छैन । यसैगरी संघका सदस्यले मणिपालको साधारण बेडमा २५ प्रतिशत,निशुल्क डाक्टरी परामर्श,साधारण एमआरआइ र सिटी स्क्यानमा १० प्रतिशत छुट पाउने छन् ।

jutta mela

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिका अनुसार नियमित जाँचमा रगत, पिसाब,इसीजी, एक्सरे,युरिक एसीड,थाइराइड,युएसजीलगायत अस्पतालले प्रदान गर्ने सेवाहरु रहेका छन् ।

‘न्यूरो सर्जरी तथा अति विशिष्ट सेवा बाहेकका अन्य शल्यक्रियामा १० प्रतिशत छु्ट दिइनेछ,’सम्झौतापत्रमा भनिएको छ,‘नियमित जाँचमा १५ प्रतिशत छुटको व्यवस्था छ ।’‘हाम्रा साधारण सदस्यहरुलाई थोरै भएपनि सहुलियत प्रदान गरौँ भन्ने हेतुले यो सम्झौता गरिएको हो’,अध्यक्ष प्रजापतिले भने,‘हामीले मणिपाललाई हाम्रा साधारण सदस्यहरुले संघले प्रदान गरेको परिचयपत्रकै आधारमा यो सेवा पाउनुहुनेछ । हामीले त्यसको जानकारी अस्पतालाई गराइसकेका छौँ ।’

संघका महासचिव बलराम आचार्यका अनुसार यो सम्झौताको अवधि एक वर्ष रहेको छ । २०७९ साल माघ ३ गतेबाट कार्यान्वयनमा आएको सम्झौत अर्को वर्षको माघ २ गतेसम्म कायम रहने छ । त्यसपछि पनि सम्झौता नवीकरण गरिने महासचिव आचार्यले बताए ।

You might also like

Comments are closed.