अष्ट्रेलिया भ्रमणमा रहेको पोउवा संघको प्रतिनिधिमण्डल र कास्की समाज बिस्वनका प्रतिनिधिमण्डलबीच अन्तरक्रिया

पोखरा, ३१ साउन

अष्ट्रेलियाको अध्ययन अवलोकन भ्रमणमा रहेको पोखरा उद्योग वाणिज्य संघको प्रतिनिधिमण्डले त्यहाँको ब्रिस्वन सहरमा क्रियाशिल कास्की समाजमा आवद्ध गैरआवासीय नेपालीहरुसँग लगानी र द्धिपक्षीय हितका विविध विषयमा अन्तरक्रिया गरेको छ ।

पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नारायण कोइरालाको नेतृत्वमा अष्टे«लिया भ्रमणमा रहेको ११ सदस्यीय टोलीलाई स्वागतगर्दै कास्की समाज बिस्वनका अध्यक्ष टीका भुर्तेलले भ्रमणले विदेशमा रहेका नेपालीहरुलाई स्वदेश फर्कन प्रेरणा दिएको बताए । उनले अझै पनि नेपालमा श्रमको सम्मान गर्ने परिपाटी विकास हुन नसकेकोमा दुःख व्यक्तगर्दै श्रमको सम्मान हुने वातारण निर्माणमा जोड दिए । नेपालको कृषि, पर्यटन,उर्जालगायतका क्षेत्रमा ठूलो लगानीसँगै श्रमशक्ति आवश्यक पर्ने तथ्यबारे चर्चागर्दै उनले युवाहरुको विदेश पलायन रोक्न रोजगारी सृजना हुनै बताए । नेपालमा निजी क्षेत्रको लागि अझै लगानीको वातावरण नबन्नु दुर्भाग्यपूर्ण रहेकाले नै रोजगारी पनि सृजना नभएको उनको भनाई थियो ।

कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष नारायण कोइरालाले आफूहरु अष्टे«लियाले औद्योगिक तथा सेवा क्षेत्रमा गरेको उन्नतिबाट केही कुरा सिक्न तथा द्धिपक्षीय लगानीको सम्भावनाको खोजी गर्न अष्टे«लिया भ्रमणमा आएको जानकारी दिए । उनले गण्डकी प्रदेश सरकारको आन्तरिक पर्यटन वर्ष १०१९ एवं नेपाल पर्यटन वर्ष १०२० को प्रचार पनि भ्रमणको उदेश्य भएको प्रष्ट पारे । अष्टे«लियामा भएका नेपालीहरुले नेपाल भ्रमणको निम्तो दिएर नेपालको पर्यटन उद्योग र समग्र देशको अर्थतन्त्रलाई पनि सहयोग पु¥याउन पनि उनले आग्रह गरे । अहिले नेपालमा लगानीको वातावरण निर्माण भएको जानकारी दिँदै उनले भने,‘नेपालको कृषिको आधुनिकीकरण, उर्जा,पर्यटनलगायतका क्षेत्रमा लगानी गर्दा त्यसले छिटो प्रतिफल दिनेमा हामी ढुक्क छौँ ।’ उनले यी क्षेत्रमा सहकार्य गर्न र लगानीको लागि वातावरण निर्माणमा सघाउने प्रतिवद्धता पनि जनाए ।

कार्यक्रमका संयोजक तथा संघका महासचिव अर्जुन पोखरेलले अध्ययनको क्रममा विदेशिएका युवाहरुलाई स्वदेश फर्कर्न आग्रह गरे । नेपालमा अहिले लगानीको वातावरण निर्माण भएको बताउँदै उनले कास्की समाजसँगको सहकार्यमा पोखराको विकासको लागि काम गर्न संघ तत्पर रहेको बताए । पोखरा उद्योग वाणिज्य संघले उद्योगी÷व्यवसायीहरुको हितको अलावा समग्र पोखराको विकासमा महत्वपूर्ण भूमिका निभाउँदै आएको ।उल्लेख गर्दै महासचिव पोखरेलले गैरआवासीय नेपालीहरुको आउँदो सम्मेलन पोखरामा आयोजना गर्न संघ तयार रहेको बताए ।

संघका वाणिज्य उपाध्यक्ष पवनकुमार प्रजापतिले पोखरालाई समृद्ध बनाउन अष्टे«लियामा रहेका पोखरेलीहरुबाट महत्वपूर्ण योगदान हुने विश्वास व्यक्त गरे । उनले पोखरा उद्योग वाणिज्य संघ विभिन्न परियोजनामा मिलेर काम गर्न तथा सहजिकरणको लागि तयार भएको पनि दोहो¥याए । संघका कोषाध्यक्ष सुरेन्द्रमान बिजुक्छेले पोखरामा गरिने लगानीले छिटो प्रतिफल दिने उल्लेख गर्दै विदेशमा सिकेको सीप र ज्ञान स्वदेशमै उपयोग गर्न आग्रह गरे ।

कार्यक्रममा कास्की समाज बिस्बनका पूर्वअध्यक्ष गोविन्द बरालले सीप अनुसारको कामको अवसर, सुरक्षिच वातावरण र श्रमको सम्मान एवं गुणस्तरीय शिक्षाको कारण नेपाली युवाहरुमा विदेशप्रति मोह जागेको बताउँदे नेपालमै उचित वातावरण निर्माण भए युवा पलायन रोकिने बताए । समाजका सदस्य अर्जुन तिमिल्सिनाले विदेशमा प्राप्त सीपलाई स्वदेशमै उपयोग गर्ने वातावरण बनेमा धेरै युवाहरु स्वदेश फर्कने धारणा राखे । अन्तरक्रिया कार्यक्रममा कास्की समाज बिस्वनका पदाधिकारी तथा सदस्यहरुबीच नेपालको पछिल्लो अवस्था, लगानीका सम्भावना, द्धिपक्षीय सहकार्यमा उद्योग÷व्यवसायको संचालनलगायतका विषयमा व्यापक छलफल भएको थियो । साउन २२ गतेबाट सुरु भएको तथा भदौ १३ गते सम्पन्न हुने सो भ्रमण दलमासंघका वरिष्ठ उपाध्यक्ष कोइरालासहित संघका वाणिज्य उपाध्यक्ष पवनकुमार प्रजापति , महासचिव अर्जुन पोखरेल, कोषाध्यक्ष सुरेन्द्रमान बिजुक्छे,सदस्यहरु दीनेशचन्द्र बास्तोला,सोवित पौडेल, नगेन्द्रप्रसाद सुवेदी, ऋषिराम शर्मा भण्डारी, हर्कबहादुर अधिकारी, चिन्तामणि बास्तोला र देवेन्द्र केसीको सहभागिता रहेको छ ।

You might also like

Comments are closed.