फेदीखोला हाईड्रोपावरको साधारणसभा सम्पन्न, १७ करोड ५० लाखको शेयर निष्काशन गर्ने

काठमाडौं । फेदीखोला हाईड्रोपावर कम्पनी लिमिटेडमा रुपान्तरण भएपछिको कम्पनीको पहिलो साधारणसभामा सकिएको छ । गत शुक्रबार डिडिआई बैक्वेट बुद्धनगरमा साधारणसभा भएको हो ।

कम्पनीले भोजपुरको साल्पासिलिछो गाउँपालिका–६ मा बहने फेदीखोलामा फेदीखोला (थुमलुङ्ग) मा निर्माण गरिरहेको आयोजना ४.३ मेगावाट आउँदो पुस अन्तिमसम्ममा सम्पन्न गर्ने जानकारी दिएको छ ।

साधारणसभामा आयोजनाको निर्माण सम्पन्न गर्न रु. ९४ करोड लाग्ने अनुमान गरिएकोमा २०८१ साउन १५ गते आएको बाढीले ४ करोड लागत वृद्धीभई ९८ करोड लाग्ने र जसको ४९ प्रतिशत अर्थात् ४८ करोड स्वपूँजी शेयरधनीबाट र बाँकी ५१ प्रतिशत अर्थात् ५० करोड राष्ट्रिय बाणिज्य बैक लिमिटेडबाट ऋण स्वरुप जुटाइएको समेत कम्पनीले जनाएको छ ।

साधारणसभाले कम्पनीको अधिकृत पुँजी ६० करोडमा १० थपगरी ७० कराड पुर्याउने र सोको २५ प्रतिशत अर्थात् १७ करोड ५० लाखको सर्वसाधारणको लागि शेयर निष्काशन गर्ने निर्णय गर्दै सो कार्यान्वयनको लागि सञ्चालक समितिलाई अख्तियारी समेत दिएको छ ।

यसैगरी साधारणसभाले वन्डर्स ईनर्जी प्रालि (खिम्ती घ्वाङ्ग खोला जलविद्युत् आयोजना ९ मे.वा.) मा रु. ५ करोड लगानी गर्ने प्रतिवद्धतासहित १ करोड र इस्र्टन ईनर्जी प्रालि ( ईर्खुवा खोला ज.वि.आ. १५ मे.वा.) मा रु. १५ करोड लगानी गर्ने प्रतिवद्धतासहित २ करोड ५० लाख गरेको लगानी पारित गर्दै थप लगानी गर्ने निर्णय भएको छ ।

कम्पनीको मुख्य लगानीमा वि.सं २०९० साल भित्रमा कम्तीमा १०० मे.वा. क्षमताको आयोजना अगाडी बढाउने समेत निर्णय गरिएको छ । कम्पनीको नियमावली कम्पनीमा ५ जना सञ्चालकहरू रहनेमा आगामी कार्यकाल ४ वर्षको लागि संस्थापक (क) समूहबाट ३ जना चन्द्रप्रसाद वास्तोला, प्रकाशचन्द्र दुलाल र कविता अधिकारीलाई चयन गरिएको कम्पनीले जनाएको छ ।

You might also like

Comments are closed.