चार महिनामा ३४ प्रतिशतले घट्यो मोबाइल आयात

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को चौमासिक (साउनदेखि कात्तिक) चार महिनामा मोबाइल आयात ३४ प्रतिशतले घटेको छ । साउनदेखि कात्तिकसम्ममा १७ लाख मोबाइल सेट आयात भएको छ। यो परिमाणको फोन आयातका लागि देशबाट ११ अर्ब ३८ करोड रुपैयाँ बाहिरिएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।

गत वर्ष साउनदेखि कात्तिकसम्ममा २० अर्ब रुपैयाँ बराबरको २६ लाख बढी मोबाइल सेट भित्रिएको थियो। आर्थिक वर्ष २०७८र७९ को सोही अवधिको तुलनामा ३४ प्रतिशतले कम हो ।

वैशाख १३ गतेदेखि नै सरकारले असार मसान्तसम्मका लागि ६ सय अमेरकी डलरसम्मका फोन आयातमा कडाइ गरेको थियो । सरकारले विदेशी मुद्रा सञ्चितिमा दबाब परेसँग मोबाइल आयातमा कडाइ गरेको छ ।

jutta mela

यसर्थ वैशाखदेखि नै महँगा स्मार्टफोन नेपाली बजारमा भित्रिन पाएका छैनन् । पछिल्लो समय अधिकांश ग्राहकको रोजाइ महँगा फोनमा छ। पछि आयातलाई परिमार्जन गर्दै भदौ १४ गतेसम्मका लागि तीन सय अमेरिकी डलरसम्मको फोन आयातमा कडाइ गरेको छ । जसका कारण फोन आयातमा कमी आएको हो ।

You might also like

Comments are closed.