काठमाडौं । इसेवाको कर्मचारी भनि १६ लाखभन्दा बढि ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै इसेवाको आधिकारीक कर्मचारी हुँ भनि ठगी गर्ने साहलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।
आफुलाई ठगी गरेको भन्दै ३० भन्दा बढि सेवाग्राहीले उजुरी गरेपछि अनुसन्धान गर्दा साहलाई पक्राउ गरिएको अनुसन्धान कार्यालयका सूचना अधिकृत प्रहरी उपरिक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।
साहले इसेवा आइडी बैंक खातामा लिंक गराइने, आइडी नविकरण गर्ने, केवाइसी फर्म अपडेटलगायत बहानामा सेवाग्राहीको अकाउन्टमा अनाधिकृत पहुँच पुर्याई १६ लाख १३ हजार ठगी गरेको प्रहरीको भनाई छ । घटनाको थप अनुसन्धान भइरहेको र अन्य थप सेवाग्राही ठगीएको हुनसक्ने प्रहरीको अनुमान छ
Comments are closed.