इसेवाको कर्मचारी भन्दै १६ लाख बढी ठगी गर्ने एकजना पक्राउ

काठमाडौं ।  इसेवाको कर्मचारी भनि १६ लाखभन्दा बढि ठगी गर्ने  एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै इसेवाको आधिकारीक कर्मचारी हुँ भनि ठगी गर्ने साहलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

आफुलाई ठगी गरेको भन्दै ३० भन्दा बढि सेवाग्राहीले उजुरी गरेपछि अनुसन्धान गर्दा साहलाई पक्राउ गरिएको अनुसन्धान कार्यालयका सूचना अधिकृत प्रहरी उपरिक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।

jutta mela

साहले इसेवा आइडी बैंक खातामा लिंक गराइने, आइडी नविकरण गर्ने, केवाइसी फर्म अपडेटलगायत बहानामा सेवाग्राहीको अकाउन्टमा अनाधिकृत पहुँच पुर्‍याई १६ लाख १३ हजार ठगी गरेको प्रहरीको भनाई छ । घटनाको थप अनुसन्धान भइरहेको र अन्य थप सेवाग्राही ठगीएको हुनसक्ने प्रहरीको अनुमान छ

You might also like

Comments are closed.