घट्यो हवाई भाडा, कहाँको भाडा कति ?

काठमाडौं । नेपाल आयल निगमले आन्तरिक हवाई भाडा घटाएको छ । नेपाल आयल निगमले आन्तरिक हवाई इन्धनको मूल्य २० रुपैयाँ घटाएसँगै हवाई भाडा पनि घटेको हाे ।

हाल १९० कायम रहेको हवाई इन्धनको मूल्य निगमले २० रुपैयाँ घटाएर १७० कायम गरिएको छ । इन्धनको मूल्य घटेसँगै आन्तरिक हवाई भाडा पनि घट्ने भएको छ ।

काठमाडौंबाट माउन्टेन्ट उडानको भाडादर रु १४, २०५ कायम गरिएको छ भने काठमाडौंबाट भद्रपुर उडानको लागि रु १२,३५५ भाडादर कायम भएको छ ।काठमाडौंबाट विराटनगर उडानको लागि रु ९, ७२० भाडादर तोकिएको छ । काठमाडौंबाट जनकपुर उडानको लागि रु ५,६०० भाडादर तोकिएको छ ।

यस्तै, काठमाडौंबाट भरतपुर उडानका लागि रु ४,७७५ भाडादर तोकिएको छ । काठमाडौंबाट पोखरा उडानका लागि ६,६६५ भाडादर कायम गरिएको छ । काठमाडौंबाट भैरहवा उडानको लागि रु ८,२६५भाडादर कायम गरिएको छ । काठमाडौंबाट धनगडीको उडानको लागि रु १६,१४० भाडा कायम गरिएको छ ।

त्यस्तै काठमाडौंबाट नेपालगञ्जको उडानको लागि रु १३,३२५ भाडादर कायम गरिएको छ । काठमाडौंबाट तुम्लिंटार उडानको लागि रु ७,८३५ भाडादर कायम भएको छ ।

त्यस्तैगरी, काठमाडौंबाट सिमराको लागि रु ४, ०६० भाडादर कायम गरिएको छ । काठमाडौंबाट सुर्खेतको उडानका लागि १४,३०५ भाडादर कायम भएको छ । त्यस्तै काठमाडौंबाट राजविराजको उडानको लागि रु ८, ३४४ भाडादर कायम भएको छ ।

You might also like

Comments are closed.