काठमाडौंको भृकुटीमण्डपमा प्लाष्टिक प्रदर्शनी हुँदै

काठमाडौं । काठमाडौंको भृकुटी मण्डपमा प्लाष्टिक प्रदर्शनी हुने भएको छ । प्लाष्ट नेपाल फाउण्डेसनको आयोजनामा जेठ १२ देखि १४ गतेसम्म अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी ‘प्लास्ट नेपाल–२०२२’ हुन लागेको हो ।

प्रदर्शनीमा प्लाष्टिकसँग सम्बन्धित सय वटाभन्दा कम्पनी सहभागी हुने बताइएको छ । स्वदेशी र विदेशी कम्पनीहरु सहभागी हुने प्रदर्शनीमा प्लाष्टिकको कच्चा पदार्थ, तयारी सामान र मेसिनरी प्रोडक्ट प्रदर्शनी हुने अफिस सेक्रेटरी सुनेना महर्जनले जानकारी दिइन् ।

प्रदर्शनीको तयारी अन्तिम चरणमा पुगेको आयोजकको भनाइ छ । स्टल बुकिङ भइसकेको आयोजकको भनाइ छ । प्रदर्शनीमा सहभागी भइ प्लाष्टिकसँग सम्बन्धित नविनतम प्रविधिबारे जानकारी लिन सकिनेछ ।

jutta mela

बिहान १० बजेदेखि साँझ ५ः३० बजेसम्म प्रदर्शनीमा सहभागी भएर अवलोकन गर्न सकिनेछ ।

You might also like

Comments are closed.