पोखरा । हल्ट प्राइज एट पिएनसीले ‘प्रस्युर द लजिक’ कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमको शिर्षक कन्टेन्ट एण्ड प्रिजेन्टेसन रहेको थियो ।
‘ क्र्याकिङ द च्यालेन्ज’ २०२१ मा हल्ट प्राइज नेपाल कम्युनिटी विल्डर सुसन डंगोल किनोट स्पिकर थिए जुन यस अन्तर्रगत पहिलो कार्यक्रम थियो । दोस्रो कार्यक्रममा गेष्ट स्पिकर हल्ट प्राइज एट पिएनसीका एडभाइजर तथा हल्ट प्राइज नेपाल कम्युनिटीका पब्लिक रिलेसन म्यानेजर प्रवेश गौतम थिए । यस कार्यक्रममा सहभागीलाई आफ्नो बिषय प्रस्तुत कसरी गर्ने र मूल्याङ्कन विधी कस्तो रहने भन्ने जानकारी दिईएको थियो ।
कार्यक्रमको संचालन हल्ट प्राइज एट पिएनसीका डेपुटी क्याम्पस डाइरेक्टर सुन्दर वि.क.ले गरेका थिए । गेष्ट स्पिकरलाई भर्चुअल डिजाइनर बिरुज अधिकारी क्षत्रीले सम्मान गरेका थिए ।
Comments are closed.