पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पुसदेखि सञ्चालनमा आउने

पोखरा । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आगामी पुसदेखि संचालनमा आउने भएको छ । सरकारले उक्त विमानस्थल पुस १७ गते (सन् २०२३, जनवरी १०) बाट सञ्चालनमा आउने भएको हो।

आइतबार बसेको नागरिक उड्ड्यन प्राधिकरण सञ्चालक समितिको बैठकले उक्त विमानस्थल सन् २०२३ को जनवरीदेखि सञ्चालनमा ल्याउने निर्णय गरेको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए।

पोखरा एयरपोर्ट २०० हेक्टर जमिनमा बनेको छ। यसमा २.५ किलोमिटर लामो र ४५ मिटर चौडाइको एउटा धावनमार्ग छ। यसले धेरैमा वार्षिक १० लाखसम्म यात्रुलाई सेवा दिन सक्ने बताइएको छ।

jutta mela

You might also like

Comments are closed.