फुटपाथमा हुने अनधिकृत व्यवसाय हटाउन पोउवा संघको माग

पोखरा । पोखरा उद्योग वाणिज्य संघले पोखराको फुटपाथमा हुने अनधिकृत व्यवसाय तत्काल रोक्न माग गरेको छ।

संघले पोखराका मेयर धनराज आचार्यलाई ध्यानाकर्षण पत्र बुझाउँदै फुटपाथमा हुने अनधिकृत व्यवसायले पैदलयात्रीको अधिकार हनन भएको, राज्यलाई कर तिरेर व्यवसाय गर्नेहरुलाई मर्का परेको तथा पोखराको सौन्दर्यमा नै प्रतिकूल असर परेको जिकिर गरिएको छ।

संघका अध्यक्ष पवनकुमा प्रजापति, वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्की, महासचिव बलराम आचार्य र उपमहासचिव शोभा गौतमसहितको प्रतिनिधिमण्डलले मेयर आचार्यलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।

ध्यानाकर्षण पत्रमा अव्यवस्थित र अनधिकृत व्यवसायको व्यवस्थान गनुपर्ने सुझाव पनि दिइएको छ ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.