पोखरा । दक्षिण कोरियाको राष्ट्रिसभा सदस्य लि साङ हनले पोखराको पर्यटन प्रवर्द्धनको जिम्मा निजी क्षेत्रले लिनुपर्नेमा जोड दिएका छन् ।
नेपालले सुन्दरताको लागि इश्वरीय बरदान पाएको बताउँदै उनले पोखराका उद्योगी/व्यवसायीहरुलाई प्राकृतिक स्रोत परिचालनबाटै लाभ लिन सुझाएका छन् ।
‘नेपाल इश्वरीय बरदान प्राप्त मुलुक हो’, शुक्रबार पोखरा उद्योग वाणिज्य संघका पदाधिकारी तथा सदस्यहरुसँगको छलफलको क्रममा उनले भने, ‘तपाईंहरुले यहाँका उत्पादनहरुको ब्राण्डिङ गर्न सक्नुपर्छ।’ उनले पानीको उदाहरण दिँदै थपे, ‘यहाँको पानीलाई विश्वकै अग्ला हिमालको शुद्ध पानी भनेर संसारभर बेच्न सकिन्छ ।’
उनले नेपालसहित विकाशोन्मुख राष्ट्रलाई कोरियाले प्रविधि हस्तान्तरणको माध्यमबाट सघाउने प्रतिवद्धता पनि जनाए । उनले पोखरा उद्योग वाणिज्य संघ र कोरियाका उद्योगी÷व्यवसायीहरुबीच पुलको काम गर्ने प्रतिवद्धता पनि जनाए ।
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिले नेपाली उत्पादनको बजारीकरणको लागि सघाउन आग्रह गरेका छन् । उनले नेपाल र पोखरामा विदेशी लगानी भित्र्याउने हो भने नेपालले लगानी सुरक्षाको प्रतिवद्धता जनाउनुपर्ने बताएका छन्।
Comments are closed.