पोखरा । पोखरा चेम्बर अफ कमर्स कास्कीले उद्योग, वाणिज्य, पर्यटन र व्यवसायको वर्तमान चुनौती र समस्या समाधान सम्बन्धि अन्तर्क्रिया कार्यक्रम गरेको छ । पछिल्लो समय उद्योग, वाणिज्य, पर्यटन तथा व्यवसायको क्षेत्रमा देखा परेका समस्या र त्यसको समाधानका विषयमा छलफल गरिएको छ ।
कार्यक्रममा सहभागीले समस्या समाधानमा जोड दिनुपर्ने बताएका छन् । यस क्षेत्रको अर्थतन्त्र उकास्न र पर्यटन विकासका लागि विद्यमान देखिएका समस्यालाई निकास गरी अघि बढ्नुपर्ने सहभागीले बताएका छन् । अन्तक्र्रिया कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेश सरकारका उद्योग पर्यटन मन्त्री मित्रलाल बस्यालले समस्याको समाधानमा प्रदेश सरकारले चासो दिएर काम गर्ने बताएका छन् ।
गण्डकी प्रदेश प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष कृष्णचन्द्र देवकोटा, नेपाल चेम्बर अफ कमर्सका केन्द्रीय उपाध्यक्ष सन्तोष पाण्डे, गण्डकी प्रदेश नीति तथा योजना आयोगका सदस्य तथा नवलपुर चेम्बरका अध्यक्ष दिपक भण्डारी, नेपाल चेम्बर अफ कमर्स गण्डकीका अध्यक्ष किसान सुनार, नेपाल चेम्बर कमर्सको केन्द्रीय सदस्य तथा गोरखाका अध्यक्ष भाइचन्द्र श्रेष्ठ, पोखरा चेम्बर कमर्स कास्कीका निवर्तमान अध्यक्ष यामनाथ पौडेल, पोखरा चेम्बर अफ कमर्स कास्कीका सल्लाहकार योगेन्द्रबहादुर केसी, विष्णु बास्तोला, नन्द श्रेष्ठ, प्रेस सल्लाहकार श्यामनाथ कुँवरले चुनौतीलाई सामना गरेर अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।
यस्तै पोखरा उद्योग वाणिज्य सघंका महासचिव शोभा गौतम, स्याङ्जा चेम्बर र कमर्सका महासचिव ऋखिराम पौडेल, गण्डकी प्रदेश चेम्बर अफ कमर्सका सदस्य गंगाप्रसाद श्रेष्ठ, वालिङ चेम्बर अफ कमर्सका अध्यक्ष प्रकाश न्यौपाने, गल्याङ चेम्बर अफ कमर्सका कार्यवाहक अध्यक्ष रुमलाल कंडेल, गण्डकी प्रदेश सरकारका उद्योग पर्यटन मन्त्रीका स्वकीय सचिव जीवन उचै ठकुरी, गण्डकी प्रदेशका विभिन्न जिल्ला तथा नगर चेम्बरका पदाधिकारी सदस्य, पोखरा चेम्बर अफ कमर्स कास्कीका वरिष्ठ उपाध्यक्ष प्रेम सुवेदी, पदाधिकारी, सदस्य, वस्तुगत संघका अध्यक्ष एवं प्रतिनिधि, पत्रकार लगायत कार्यक्रममा सहभागी थिए ।
कार्यक्रममा सहभागी सबैलाई पोखरा चेम्बर अफ कमर्स कास्कीका अध्यक्ष उमराज बास्तोलाले धन्यवाद दिएका छन् । कार्यक्रम रोयल प्यालेस न्युरोडमा भएको हो ।
Comments are closed.