पोखरा । पोखराको अमरसिंह चौरमा जारी पोखरा महोत्सवमा बहुचर्चित लोकदोहोरी गायक बद्री पंगेनीले आज दर्शकहरुलाई नचाएका छन् भने हास्यब्यङ्ग्यमार्फत पोखरेली माग्ने बुढा र धुर्मुसले दर्शकहरुलाई हसाएका छन् ।
बद्री पंगेनीले आफ्नो एकल प्रस्तुतीबाट स्टेजमा गाउन सुरु गर्दै दोहोरीमार्फत दर्शकहरुलाई मनोरञ्जन प्रदान गरेका थिए । महोत्सवमा बद्री पंगेनी संगै जीवन दाहाल, चोलेन्द्र पौडेल, पार्वती जिसी, अमर धिताल, माया गुरुङ, प्रेमराज अधिकारी, सुनमा गुरुङलगायतको प्रस्तुतीमार्फत दर्शकले भरपुर मनोरन्जन लिएका थिए भने, साँझको लाइभ कन्सर्टतर्फ ए.एस.एम.को प्रस्तुतीमार्फत युवाहरुलाई भरपुर मनोरन्जन लिएका थिए ।
युनाइटेड क्लवले आयोजना गरेको एघारौं संस्करणको पोखरा महोत्सवको आठौं दिन दर्शकहरुको उल्लेख्य सहभागीता रहेको महोत्सवका प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । महोत्सवमा घोडसवार, महोत्सव स्थलबाटै निःशुल्क रुपमा चिडियाखान जाने बसको ब्यवस्था, स्वास्थ्य उपचारलगायतका सुविधासंगै विदेशी पर्यटकहरुलाई निःशुल्क प्रवेशको ब्यवस्था गरिएकाले पनि महोत्सवमा दर्शकको सहभागीता उल्लेख्य रुपमा रहेको प्रचार प्रसार संयोजक सुनारले बताए ।
महोत्सवको नवौ दिन बिहीबार चर्चित लोकदोहोरी गायिका तथा मोडल ज्योती मगर, जीवन दाहाल, शिवहरी ढुंगाना, शंकर पन्त, सीता परियार, पुजा तामाङ, तुलसा जिसी, माधव चापागाइ, नेत्र खड्का लगायतको प्रस्तुती रहनेछभने साँझको लाइभ कन्सर्टतर्फ सविन राइ एण्ड फेरोहको प्रस्तुती रहने कलाकार ब्यवस्थापन संयोजक लोकबहादुर थापाले जानकारी दिए ।
महोत्सवमा करिव एक लाख दर्शकले प्रत्यक्ष अवलोकन गरेका छन् भने करिव ४ करोड बरावरको कारोबार भएको अर्थ संयोजक सूर्यबहादुर बानियाले जानकारी दिए ।
Comments are closed.