पोखरा । एघारौं पोखरा महोत्सवको सुरक्षा व्यवस्था चुस्तदुस्त पारिने भएको छ । पुस २७ देखि माघ ९ गतेसम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने महोत्सवको सुरक्षामा कुनै किसिमको कसुर बाँकी नराख्ने कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले बताए ।
महोत्सव आयोजक युनाईटेड क्लवका पदाधिकारीहरुसंगको छलफल कार्यक्रममा प्रमुख जिल्ला अधिकारी केसीले पोखरा महोत्सवको सुरक्षाका लागि कास्कीका चारवटै सुरक्षा निकायहरुलाई महोत्सव स्थलमा खटाउने बताए । नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धानको टोलीद्वारा महोत्सव अवधिभर महोत्सवको सुरक्षामा लाग्ने बताउदै प्रमुख जिल्ला अधिकारी केसीले महोत्सव आयोजकसंग सहकार्य गरेर सुरक्षा निकायले महोत्सवको सुरक्षा गर्ने बताए ।
युनाईटेड क्लवले महोत्सवको आयोजना गरी सामाजिक कामसंगै पोखरामा खुल्ला चिडियाखाना निर्माणमा पहलकदमी गर्दै सेती नदी संरक्षणमा समेत काम गर्दै आइरहेको आफुले थाहा पाउदा खुसी लागेको बताउदै कुनैपनि संघ संस्थाले आयोजना गर्ने मेला महोत्सवहरुलाई सुरक्षा प्रदान गर्नु आफुहरुको कर्तब्य रहेको बताए । साथै उनले पोखरा महोत्सवको सुरक्षामा पनि आफुहरुले कुनैपनि कसुर बाँकी नराख्ने बताउँदै महोत्सवको सफलताको कामना गरे ।
त्यस्तै जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक अजय केसीले महोत्सवको सुरक्षाका लागि नेपाल प्रहरीले शसस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान, आयोजकले उपलब्ध गराएको निजी सुरक्षा कम्पनीहरुसंग सहकार्य गरेर महोत्सवमा कुनैपनि अप्रिय घटनाहरु हुन नदिने बताए ।
सो अवसरमा बोल्दै युनाईटेड क्लवका कार्यसमिति सदस्य तथा सुरक्षा व्यवस्थापन उपसमिति संयोजक विष्णुकुमार गुरुङले पोखरा महोत्सवको सुरक्षाका लागि सुरक्षा निकायसंगै आफुहरुले निजी सुरक्षा कम्पनीहरुसंग सहकार्य गरेर महोत्सवलाई सुरक्षित गर्ने बताए ।
त्यस्तै महोत्सवमा सुरक्षाकर्मीसंगै एक दर्जन बढी सिसिक्यामेराद्वारा समेत २४ सै घण्टा निगरानी गरिने गुरुङले जानकारी दिए । त्यस्तै क्लवका संस्थापक अध्यक्ष हिमालय बख्रेलले पोखरा महोत्सवको आयोजना गरी सामाजिक काममा अगाडि बढिरहदा ११ औं संस्करणको पोखरा महोत्सवमा पनि विगत जस्तै प्रशासनबाट सहयोगको अपेक्षा गरे ।
Comments are closed.