पोखरा । पोखरा फाइनान्सको अध्यक्षमा राजकुमार गुरुङ चयन भएका छन् ।
बैंकको शुक्रबार बसेको सञ्चालक समिति बैठकले अध्यक्षमा सर्वसम्मत उनलाई चयन गरेको हो ।
अध्यक्ष गुरुङसँग बैंकिङ क्षेत्रमा काम गरेको लामो अनुभव छ । यस अगाडि पोखरा फाइनान्समा उनले २ कार्यकालसम्म प्रमुख कार्यकारी अधिकृत भएरसमेत काम गरिसकेका छन् ।
फाइनान्सको सञ्चालकहरुमा वरिष्ठ अधिवक्ता कृष्णबहादुर गुरुङ, डा. दीपेन्द्रप्रसाद गौतम, मेजर प्रेमबहादुर थापा, प्रतीक गुरुङ, निशान ढकाल र स्वतन्त्र सञ्चालकमा तिलबहादुर गुरुङ छन् ।
Comments are closed.