पोखरा फाइनान्सले ४.२१ प्रतिशत लाभांश दिने

काठमाडौं ।  पोखरा फाइनान्स कम्पनी लिमिटेडले ४.२१ प्रतिशत लाभांश दिने भएको छ ।

फाइनान्सको सोमबार सम्पन्न सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजीको ४.२१ प्रतिशत लाभांश दिने प्रस्ताव गर्ने निर्णय गरेको हो । ।

हिजो बसेको बैठकबाट हाल कायम चुक्तापुँजीको ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरिएको हो । हाल यो कम्पनीको चुक्ता पुँजी एक अर्ब चार करोड नौ लाख रुपैयाँ छ ।

फाइनान्सले प्रस्ताव गरेको नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई अबको साधारणसभाबाट पारित भएपछि कम्पनीका सेयरधनीहरूले प्राप्त गर्नेछन् ।

You might also like

Comments are closed.